आदर्श सञ्चारले वर्षभरी सहकारी सचेतना कार्यक्रम सञ्चालन गर्ने

  साउन,३/
धौलागिरि अञ्चलको पहिलो सञ्चार सहकारीका रुपमा स्थापित आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले आर्थिक वर्ष २०७२÷०७३ लाई सहकारी सचेतना वर्षका रुपमा मनाउने भएको छ । संस्थाले शेयर सदस्य लगायत समुदायमा सहकारी सम्बन्धी जानकारी दिने, शेयर सदस्य वृद्धि लगायतका योजना सहित सहकारी सचेतना अभियान सञ्चालन गर्न लागेको हो ।
  सहकारी सचेतना अभियानको पहिलो कार्यक्रम बागलुङमा क्रियाशिल पत्रकारहरुलाई अभियान र सहकारीका अन्तरवस्तु बारे जानकारी दिएर आइतवारदेखि शुरु गरिएको छ । अभियान अन्तर्गत प्रत्येक साता आदर्शको सहकारी सप्ताह भन्ने नाराका साथ हप्तामा एउटा कार्यक्रम गर्ने, जिल्लाका सबै गाविस र बागलुङ नगरपालिकाका सबै वडामा उपसमिति गठन गरी गतिविधि सञ्चालन गर्ने जनाइएको छ । सहकारी सचेतना अभियान सञ्चालनका लागि संस्थाले ८ लाख ८५ हजार रुपैया बजेट विनियोजन गरेको छ । अभियानबाट शेयर सदस्य, शेयर प“ुजि, आम्दानी तथा शेयर सदस्यको आर्थिक तथा सामाजिक विकास हुने लक्ष्य संस्थाले लिएको छ ।
अभियान अन्तर्गत पहिलो चरणमा आम जनतालाई सुसूचित गर्ने पत्रकारहरुलाई सहकारीका बारेमा जानकारी दिइएको संस्थाले जनाएको छ ।   मुलुकको आर्थिक विकासको महत्वपूर्ण खम्बाका रुपमा रहेको सहकारी÷क्षेत्रका बारेमा सञ्चार क्षेत्रमा क्रियाशिल सञ्चारकर्मीहरुलाई सचेत बनाउने उदेश्यका साथ पत्रकारहरुका लागि सहकारी सचेतना कार्यक्रम आयोजना गरिएको सो अवसरमा जानकारी दिइएको थियो छ ।
  कार्यक्रममा संस्थाका सचिव तथा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले सहजीकरण गर्नु भएको थियो । सहकारी व्यवसायको संभावना, राज्यका नीति नियम लगायत विषयमा पत्रकारहरुलाई जानकारी गराइएको थियो ।
धौलागिरि अञ्चलको पहिलो सञ्चार सहकारी संस्थाका रुपमा स्थापित आदर्श सञ्चार सहकारीले धौलागिरि जागरण दैनिक र अग्रसर साप्ताहिक पत्रिका प्रकाशन, बचत तथा ऋण कार्यक्रम गर्नुका साथै सामाजिक गतिविधि गर्दै आइरहेको छ । पत्रिका प्रकाशनसंगै वचत तथा ऋणको कारोबार गरेको आदर्श सञ्चार सहकारी संस्थाले गत आर्थिक वर्षमा ४० करोडको कारोबार  गरेको छ ।
३२ जनाको ३ लाख २० हजार रुपैया शेयर रकम संकलन गरी शुरु भएको संस्थामा हाल ७ सय ५० जना शेयर सदस्य, १ करोड ८० लाख शेयर रकम, ४ करोड बचत, ६ करोड लगानी  गरेको छ ।
  २०८० सालसम्म संस्थामा ५ हजार शेयर सदस्य, १२ करोड ५० लाख शेयर रकम पु¥याउने लक्ष्यका साथ संस्थाले १० वर्षे रणनीतिक योजना बनाएर काम गर्दै अगाडि बढेको संस्थाका अध्यक्ष मनकुमारी केसीले जानकारी दिनुभयो ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment