बागलुङ/ सहकारीको विकासका लागी समय समयमा डिभिजन सहकारी कार्यालय बागलुङले स्थलगत अनुगमन एवं निरिक्षण गरेर नीतिगत रुपमा अगाडि बढ्ने वातावरण सिर्जना गर्नु पर्नेमा एक कार्यक्रमका सहभागीले बताएका छन् ।
डिभिजन सहकारी कार्यालय बागलुङको संयोजनमा भएको सहकारी संघ संस्थाहरुको बार्षिक प्रगति समिक्षा कार्यक्रमका सहभागीले सो कुरा बताएका हुन् । ‘उद्देश्य अनुरुपको काम विधिको सञ्चालन, यसले कायम राख्दछ सहकारीमा शुसासन’ भन्ने नाराका साथ कार्यालयले आयोजना गरेको कार्यक्रममा बोल्दै उनीहरुले सहकारीले उत्पादनमुलक एवं आयमुलक कार्यक्रम सञ्चालन गर्नुपर्ने भन्दै आर्थिक क्षेत्रमा मात्र नभई समाज सुधार एवं विकासमा पनि सहकारीले ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।
उनीहरुले सहकारीको मापन मुनाफामा केन्द्रीत हुदै गएको भन्दै वक्ताहरुले जनताको आयस्तर उकास्न र सेवा क्षेत्रमा गरेको योगदानको मूल्यांकन हुनु पर्ने बताएका थिए ।
ग्रामिण क्षेत्रमा सहकारीका बिषयमा शेयर सदस्यलाई समेत जानकारी नभएकाले समस्या हुने सहभागीको गुनासो थियो । सहकारीमा नया नेतृत्वको विकास गर्नका लागी युवा लक्षित कार्यक्रमलाई पनि विशेष ध्यान दिएर सहकारी सञ्चालन गर्नुपर्ने उनीहरुको भनाई थियो ।
कार्यक्रममा समाजसेवी देवबहादुर श्रेष्ठ, राष्ट्रिय सहकारी बौकका सञ्चालक रामबहादुर जि.सी, सुचना तथा सञ्चार केन्द्रिय संघका उपाध्यक्ष मना केसी, जिल्ला सहकारी संघका अध्यक्ष दिपक गौतम, दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष युक्तप्रसाद काडेल, कृषि सहकारी संघका मोहनलाल शर्मा, बचत तथा ऋण सहकारी संघका अध्यक्ष चण्डि शर्मा, बहुउद्देश्यीय सहकारी संघका अञ्जु जि.सी लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा डिभिजन सहकारी कार्यालय बागलुङका प्रमुख बिष्णुप्रसाद शर्माले राज्यको सहकारी नीति नियम अनुसार सहकारीलाई सञ्चालन गर्न आग्रह गर्नुभयो । कार्यक्रममा जिल्ला स्थित विभिन्न सहकारीकर्मीले आ–आफ्नो जिज्ञासा एवं सहकारीको प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन डिभिजन सहकारी कार्यालयका डिलबहादुर केसी र स्वागत सोमकान्त शर्माले गर्नु भएको थियो ।
0 comments :
Post a Comment