मुक्तिनाथ राष्ट्रिय स्तरको विकास बैंक बन्यो

बागलुङ/पोखरामा मुख्य कार्यालय रहेको मुक्तिनाथ बुधबारबाट राष्ट्रिय स्तरको विकास बैंक बनेको छ । धादिङमा रहेको सिभिक डेभलपमेन्ट बैंक किनेपछि मुक्तिनाथ राष्ट्रियस्तरको विकास बैंक बनेको हो । प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले बुधबारबाटै स्तरोन्नती भएर कारोबार थालिएको बताउनुभयो । 

२०६३ साल पुस १९ स्याङजामा मुख्य कार्यालय रहनेगरी स्थापित मुक्तिनाथले पछि पोखराबाट कारोबार थालेको थियो । सिभिक किनेपछि बैंकको चुक्ता पूँजी ६४ करोड २५ हजार रहेको छ । प्रमुख कार्यकारी ढकालका अनुसार कुल निक्षेप सात अर्ब ६५ करोड तथा कुल कर्जा लगानी ६ अर्ब ६५ करोड पुगेको छ । कूल ४८ वटा शाखा कार्यालयबाट एक लाख ४७ हजार ग्राहकलाई बैंकिङ सुविधा प्रदान गर्ने जानकारी उहाँले दिनुभयो । मुक्तिनाथले सञ्चालन गरेको लघुवित्त कार्यक्रम निकै सफल मानिएको छ । मुक्तिनाथ बैंकको कार्यालय बागलुङमा पनि रहेको छ । 
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment