स्वस्थ बन्न, वनाउन थाहा पाउनु पर्ने कुराहरु


जीवन शाक्य
विश्व स्वास्थ्य संगठनको अनुसार शारिरीक मानसिक र सामाजिक रुपमा पुर्ण अवस्थालाई स्वास्थ्य भनिन्छ । स्वस्थ मान्छेहरु मात्रै ब्यक्तिगत पारिवारिक र सामाजिक रुपमा उपयोगी कार्यहरु गर्न सक्षम हुन्छन, उनीहरुबाट ब्यक्तिगत, पारिवारिक र समाजको हीत, विकास निमार्णको कार्यहरु भईरहेको हुन्छ । अत स्वस्थ हुनुनै मान्छेको उदेश्य लक्ष हुनु पर्दछ र स्वास्थ्य विना जीवन अपांगनै हुन्छ ।

अत: स्वास्थ्यको लागि के उपाय अपनाउनुपर्छ प्रत्यक मान्छेले थाहा पाउनु र आफनो समय, श्रम र केहि आर्थिक लगानी स्वास्थ्यको लािग गर्नु पर्दछ । मान्छेहरु रोगी विरामी हुनुमा गलत संस्कार परम्परा, खानपान, आचरण लगायत राज्यले अपनाएका शिक्षा स्वास्थ्य, रोजगार शान्ति शुरक्षा, सामाजिक आर्थिक उत्पादन र वितरण प्रणाली पनि जिम्मेवार हुन्छन । किनभने जीवन जिउने क्रममा मान्छेका सामान्य ईच्छा चाहनाहरु सहज, र सरल ढंगले पुरा नहुने भयो भने शरिर भित्र थुप्रिदै जाने र गुम्सिने इष्र्या द्वेष रिस अहंकार लोभको ग्रन्थीले मानसिकरुपमा कमजोर बनाउाछ अर्थात रोग प्रतिरोध शक्ति घट्न जान्छ र रोगी विरामी हुन शुरु हुन्छ । 

यसको शुरुवात गलत संस्कार र परम्परा एवं गरिवीको कारण घरपरिवारका सदस्यहरुबाट गर्भवती महिला प्रति गरिने भेदभाव उपेक्षा, खानपान, ब्यवहार र वोलीले गर्दा गर्भमा रहेको बच्चामा परेको हुन्छ । गर्भवती महिलाहरु मानसिक रुपमा क्षत विक्षत भएर खानपान, आराम निद र काम कूरोमा ध्यान नदिने भयो भने रोग प्रतिरोध शक्ति कम भएको, कमतौलको लुलोलंगडो अपांग र महिना नपुगेका मानसिक स्थिति कमजोर भएका शिशुहरु जन्मिने हुन्छ । वच्चाहरुले स्तनपान गरिरहेको वेला होस या खाना खाईरहेको वेला अभिभाभकहरु झगडा गरिरहेको कराईरहेको, शोक मनाईरहेको अवस्थाबाट गुज्रिनुपर्छ । 

स्वस्थ मनोरन्जन, वोली ब्यवहार सिकाई परिवार समाजबाट पाउन सकिरहेको छैन फलस्वरुप रिसाउन, झर्किने, गलत ब्यवहार गर्भमा रहे देखि पाईरहेका छन, जवकि गर्भ रहेदेखि २ वर्ष सम्म वच्चाको दिमागको विकास ८० देखि ९० भईरहेको हुन्छ । पूर्ण स्तनपान र  राम्रो पोषणयुक्त शुरक्षित खाना पनि पाईरहेका छैनन् ।यसैले गर्दा लाग्छ, हिंसाजन्य स्वभाव वच्चाले गर्भरहेदेखि सिकिसकेको हुन्छ र समाजमा हुर्कने क्रममा अझ बढी सिक्दैजान्छ जसको कारण शारिरीक स्वास्थ्य राम्रो संग विकसित नभएर उचाई कम भई पुड्को पन हुने र युवा अवस्था देखि अनेक यौनजन्य लगायत सामाजिक आर्थिक हिंसाका घटनाहरु घटिरहेका छन् ।

वालअवस्थामा प्रेम, सहयोग, विश्वास राम्रो वोली परिवार समाजबाट पाउनु पर्छ, यहाँ त  नागरिकहरुले पनि राज्यका संरचनाहरुबाट राम्रो वोली ब्यवहार र सहयोग पाईरहेको स्थिति छैन । समाजमा वााच्न,सामाजिक रिती तिथी परम्परा निभाउन धेरै पैसाको खााचो हने अवस्था छ, तर पढेर पनि रोजगार नपाउने, वस्तुभाउ, विजुली खानेपानी शिक्षा स्वास्थ्य धेरै महंगो छ, अन्य आवश्यकताहरु पुरा गर्न राज्ययन्त्रका सरचनाहरुबाट समान आर्थिक सामाजिक उत्पाडन र वितरण प्रणाली समान छैन, पैसामूखी र हुनेखानेका लागि मात्र छ जसको कारण चाहेर पनि धेरै मान्छेहरु आफनो सामान्य स्वाभाविक इच्छा चाहनाहरु पुरा गर्न नसक्ने भई गुम्सिएर बाच्न बाध्य छन् । यसको लागि राज्यबाट ठूलै आर्थिक सामाजिक परिवर्तन, ब्यवस्था हुनुपर्ने देखिन्छ नत्र  विकशित  देशहरुको विकास निर्माण वा समुन्नत समाजको कल्पना पनि नगरे पनि हुन्छ । किनभने यसैको कारण मान्छेको पोषण,शारिरीक मानसिक स्वास्थ्य खलवलिएर उचाईपन, मोटाईपन, रुप आकारको अनुपात नमिलेर रोगी विरामी लगायत मृत्युदर पनि धेरै बढी छ सामजिक आर्थिक विकृती विसंगती धेरै छ ।

स्वास्थ्यको लागि खानपान, वस्तुभाउ सुरक्षित खानयोग्य, सस्तो सुलभ हुनु पनि जरुरी छ । धेरै तयारी खानेकुराहरुमा रासायनिक पदार्थ मिसाईएको क्यान्सरजन्य पेटखराव गर्ने खालको छ,चाहिने भन्दा खराव चिल्लो पदार्थको मात्रा पनि बढी छ जस्को कारण मुटुरोग, उच्च रक्तचाप गराउने मृगौला वाथको रोगी गराउने खालको छ । फलफुलहरु आाप र केराहरु सबै छिटो पकाउने क्याल्सियम कावाईड मिसाएको हुन्छ । केटाकेटीहरुलाइृ खुवाईने आलुचिप्स, चिजवल, चाउचाउमा खराव चिल्लो पदार्थ र स्मरण शक्ति कमजोर गराउने खालका छन् । पकाउन प्रयोग गरिने चिल्लो पदार्थहरु तेल, घिउ सबै खराव चिल्लोहरु भएका बढी छन् । शिशुहरुलाई चाहिने पूर्ण स्तनपान, घरायसी दुध, खीर, रोटी तरकारी, गेडागुडीहरु, अण्डा र कहिलेकाहि मासुको परिकार पनि समुचितरुपमा प्रयोग भएका छैनन् ।

खानेपानी नै स्वच्छ र पिउने योग्य छैन, पानीको अभाव छ । मान्छेहरुले उमालेर वा फिल्टर गरेर पिउन पनि अल्छि मानेको अवस्था छ या पैसाको अभावको कारण फिल्टर सम्म किनेर पानी पिउन पनि कठिन मानेको अवस्था छ, जवकी ६० भन्दा बढी फोहर दुषित पानीका कारण झाडापखाला, टाईफाईड, आउामासी, जुका, पक्षाघात पोलियोजन्य र हैजा आदि रोग लाग्ने गर्छ ।खाना दुषित भएर वा हात नधोइकन वा वासी खाने वा फ्रीजबाट निकालेर तत्कालै खाने प्रबृतिले पनि धेरै पेट या रुवाजन्य रोग लागिरहेको अवस्था छ ।
मान्छेलाइ स्वस्थ हुन चाहिने शक्ति वा वलको लागि अन्नजन्य र जमिन मुनि पाईने तरुल जन्य खानेकुराहरु  शरिर र श्रम अनुसार दैनिक ५०० ग्रामदेखि ७०० ग्रामसम्म भए पुग्छ

शरिर मोटाउन वा शरिर बढाउन, शरिरको मरमत गर्न गेडागुडीजन्य, दुध दहि वा मासु माछाजन्य खानेकुराहरु शरिरको १ केजी तौल बरावर १ ग्राम भए पुग्छ तर हामीले स्वाद र मिठो मानेर वा मिठो स्वादिले बनाउन घिउ या तेलमा फ्राई गरेर चाहिने भन्दा धेरै बढी खाईरहेका छौ अनावश्य मोटाईरहेका छौं, सुगर, प्रेसर, मुटु, मृगौल र वाथ, प्रोस्टेटको रोग ४० वर्ष नपुग्दै निम्त्याईरहेका छौं । मासुजन्य पदार्थ दैनिक ३०–४० ग्राम भए पुग्छ, तर खानै परेपछि लाग्ने झोल पदार्थसँग १ केजी भन्दा बढी खान्छौं । चिल्लो पदार्थ अत्यधिक श्रम गर्नेलाई मात्र ३५ ग्राम भए पुग्छ तर फ्राईगरेका खानेकुरा र बजारमा पाईने आलुचिप्स, चिजवल आदि खाईरहेकै छौं । सामान्य हामीलाई दैनिक १०–२० ग्राम चिल्लो पदार्थ भए पुग्छ । गाईको घिउ, दहि दुध धेरै परको कुरा भईसक्यो । अण्डा केटाकेटी र युवायुवतिहरुलाई खान हुन्छ, तर सुगर, प्रेसर, मुटु, मृगौल र वाथ, प्रोस्टेटको रोगको लागि कोलेस्टेरोल घटाउन कम प्रयोग गर्नु पर्छ ।

रोग प्रतिरोध शक्ति बढाउन र पेट सफा राख्न हरियो सागपात र पहेला फलफुल सकेसम्म स्थानीय उत्पादनको खानु धेरै स्वस्थक हुन्छ तर रासायनिक पदार्थ प्रयोग गरिएका, हेर्दा चिल्लो कीरा नलागेका वाहिरबाट ल्याईएका धेरै खाने गर्छौं फेसन होकी स्वादले होकी वोर्डिङमा अध्ययन गर्ने भरखरका किशोर किशोरीदेखि युवायुवतिहरु पनि चोक चोकमा पाइने पानीपुरी, गेडागुडी वा केके हो खुव स्वाद मानेर खाईरहेका देखिन्छन् जसमा हावा आएर ढुुलो परेको हुन्छ ले पछि पेटको रोग लाग्न सम्भावना धेरै हुन्छ । केटाकेटी साना वालवालिकाहरुलाई दाात र मुखको स्वास्थ्यको लागि चकलेट, विस्कुट, आईसक्रिम खुवाउनु घातक हुन सक्छ र मुटुको रोग पनि निम्त्याउन सक्छ । आजभोली आलुचिप्स ,चाउचाउ, चिजवल धेरै चिसाको प्रयोग पनि बढेको छ ।

चिया जुन दुध संगै चिनी राखेर उमालिएको हुन्छ उमाल्दा ढिलो असर गर्ने खालको विष हुन्छ भन्छन् स्वामी रामदेव र वालकृष्ण आचार्य त्यसैले यसको वदलामा हरियो चिया या वच्चाहरुलाई दुध नै दिने गरौं । पानी स्वास्थ्यको लागि सबभन्दा पहिले विहान उठ्ने वित्तिकै मनतातो वा तामाको आंखोरामा राखेको १ माना सम्म पिउनु स्वस्थकर हुन्छ जसले पेट सफा राख्न,े दिशा खलास गर्न सहयोग गर्छ कार्य गर्दछ, तर प्राय हामीले पिउने गर्दैनौ । साथै खाना खानु अघि र खाईसकेको १ घण्टा सम्म पानी नपिउनु वेश कारण खाना पचाउने इन्जाईमहरु पेटबाट निस्किराखेको हुन्छ र पातलो हुन जाने हुन्छ, जसले गर्दा खाना पचाउन कठिन हुन सक्छ । अरुवेला आवश्यकता हेरी दिनमा ३–४ पटक १ गिलास पानी पिउनु पर्छ । खाना खाने पलाटी मारेर बसेर खानु पेटको लागि फाइदा जनक हुन्छ ।

सबभन्दा स्वास्थ्यको लागि आवश्यक, खाएका खराव चिल्लो पदार्थ फाल्न,अनावश्यक मोटोपन घटाउन, शारिरको आन्तरिक क्रियाहरु सन्तुलित राख्न, अनावश्यक अहंकार रिसराग इष्र्याका ग्रन्थीहरु बाहिर फाली स्वस्थ भावको निकासको लागि विहान आधादेखि १ घण्टा योग:– ब्यायाम, प्राणायाम गर्नु अति आवश्यक छ, जसले सबै अंगहरुमा रक्त सञ्चार क्रिया पनि सन्तुलित गराउँछ, सबै कोषहरुमा सबैभन्दा ठुलो औषधी अक्सिजन पुर्‍याउने कार्य पनि गर्दछ जसले क्यान्सर जन्य रोगहरुबाट पनि बचाउने कार्य गर्दछ । योगको फाइदा असिमित छ, यसले आन्तरिक क्रियाहरु सन्तुलित गराएर सबै दीर्घ र नसर्ने रोगहरु, लगायत मानसिक, नशाजन्य रोगबाट मुक्ति दिलाउन सक्छ, रोग प्रतिरोध शक्ति बढाएर विरामी पर्न हतपत दिदैन । त्यतिमात्र होईन रोगका किटाणुहरुले आजभोली औषधी पनि पचाएर दैनिक ५ जना भन्दा वालवालिकाहरु मरिराखेको अवस्थामा औषधीले काम गर्ने खालको शरिर बनाईरहेको हुन्छ ।

साथै मानसिक शारिरीक रुपमा स्वस्थ भएर स्फूर्तिसंगै खट्न सक्ने दैनिक कार्यलाई सन्तुलित गराउन योगसँगै ध्यानको पनि सुझाव दिन्छन महान श्रृषि रामदेव स्वामी र अन्य सबै सन्त ब्यक्तिहरु ।केहि गरि अन्य शारिरीक योग गर्न कठिन भए मात्रै अन्लोम विन्लोम – श्वाश नियमित र सन्तुलित तरिकाले वल नगरिकन लिने र छोड्ने क्रिया) र कपालभाटी ( पेटमा धक्का दिएर श्वाश बाहिर फाल्ने क्रिया कम्तीमा आधा घण्टा गरेपनि लामो समयसम्म स्वस्थ रहन सकिन्छ । औषधीहरुमा र डाक्टरहरुलाई पैसा समय र श्रम खर्चेर निको हुने ठेगान पनि नभएको काम गर्नु भन्दा योग गर्नु खानपान रहन सहनलाई पवित्र र उपयोगी बनाउनु राम्रो होइन र ? आउनुहोस योगबाट नसर्ने रोग लाग्नबाट वच्ने उपायहरु सिकौं रोग प्रतिरोध शक्ति बढाउँ, यो पंक्तिकारले पनि १०–१५ अघिदेखि योगहरु सिकेर महान योग श्रृषि स्वामी रामदेवका योगहरु हरिद्वारमा गएर पनि सिकेको छ र दैनिक योगहरुलाई आत्मसात गरिरहेको छ ।
लेखक जिल्ला स्वास्थ्य कार्यालय बागलुङका ज.स्वा.अ. हुनुहुन्छ ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment