न्यायमा महिलाको पहुँच बिषयक तालिम सम्पन्न

रबिना बोहरा
बागलुङ, २१ असार
सत्कर्म नेपालको आयोजनामा भएको न्यायमा महिलाको पहुच, अधिकार र क्षमता विकास सम्बन्धि अभिमुखिकरण तालिम आज सम्पन्न भएको छ ।
समापन कार्यक्रममा बोल्दै बागलुङ नगरपालिका कार्यालय बागलुङका प्रमुख हरिदत्त कँडेलले सामाजिक एवं आर्थिक क्षेत्रमा महिलाको सहभागीता प्रभावकारी रुपमा हुनुपर्ने बताउनुभएको छ । उहाले महिलाहरु आत्मनिर्भर बन्नुपर्ने भन्दै नगरपालिकामा महिलाहरुका लागी आउने सीपमुलक तालिमहरु आगामी दिनहरुमा पनि सञ्चालन गर्ने बताउनुभयो । उहाले महिलाको क्षमता अभिबृद्धि गर्नका लागी राज्यले सेवा सुविधा उपलब्ध गराउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष दिलिप पौडेल, आमा मिलन केन्द्रका अध्यक्ष ज्ञानु थापा लगायतले बोल्नुभएको थियो । यस्तै दुई दिन सम्म चल्ने तालिममा ३५ जनाको सहभागीता रहेको छ । 
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment