आर्थिक बर्षको अन्त्यमा विकास निर्माणका काम तिब्र

बागलुङ, २१ असार
बागलुङ नगर क्षेत्रमा पनि आर्थिक वर्षको अन्त्य हुन थालेपछि विकास निर्माणका कामले तिब्रता पाएको छ । विकास बजेट सक्ने नाममा बागलुङ बजार भित्र सडक कालोपत्रे हुन थालेको हो ।
बागलुङ नगर क्षेत्र भित्रका सडक हिउँदको समयमा धुलाम्मे र वर्षाको समयमा हिलाम्मे भएको खबर संचार माध्यममा पटक पटक प्रशारण प्रकाशन भएपछि यो वर्षको अन्त्यतिर सडक विभागले बागलुङ नगरपालिका वडा नं. २ को सडक थोरै भएपनि कालोपत्रे गरेर सकेको स्थानीयवासी बताउँछन् ।
बागलुङ नगरपालिका वडा नं. २ ऐश्वर्यपार्क देखि पुरानो जिल्ला विकास समितिको रोडसम्मको सडक कालोपत्रे गर्न सडक विभागले २० लाख रुपैयाँ बजेट लगानी गरेको छ ।
स्थानीय उपभोक्ता बीच विवाद भएको कारण गतवर्ष नगरपालिकाले विनियोजन गरेको बजेट त्यसै फ्रिज भएको थियो । उक्त सडक कालोपत्रे गर्न पटक पटक माग भएपछि बागलुङ नगरपालिकाले यस पटक चासो देखाएपछि बाँकी भएको सडक कालोपत्रे भएको बागलुङ नगरपालिका कार्यालयका योजना अधिकृत युक्त प्रसाद सुवेदीले बताए ।
बागलुङ नगरक्षेत्र भित्र खानेपानी वितरण गर्न नगर खानेपानी योजनाले विगारेको सडक पनि अहिले कालोपत्रे हुँदै गरेपनि सो कालोपत्रे गुणस्तरीय नभएको स्थानीयवासीको आरोप छ । केही दिन पहिला सडक विभागले गरेको कालोपत्रे भन्दा गुणस्तरहित भएकोले पनि अहिले कालोपत्रे गरेको सडक धेरै समय नटिक्ने जनताको आँखामा छारो हाल्ने भन्दा अरु केही नभएको बताउँछन् । बागलुङ नगरपालिका वडा नं. २ हल्लनचोकमा अहिले हुँदै गरेको कालोपत्रे कसले कुन निकायले गरेको हो भन्ने समेत स्थानीयवासीलाई थाहा छैन ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment