द्वन्द्व पिडितलाइ आत्म निर्भर बनाउ

बागलुङ/23
सशष्त्र द्वन्द्वका पिडितलाइ उचित व्यवसायमा लगाउन सकेमा परिपुरणको अवस्था पुरा हुने सरोकारवालाले बताएका छन् ।
जिविसको आर्थिक सहयोगमा सत्कर्म नेपाल र आमा मिलन केन्द्रले बुधवार आयोजना गरेको संक्रमणकालिन न्याय, द्वन्द्वपिडित राहत र परिपुरण विषयक अन्तरक्रियाका सहभागिले पिडितलाइ सधै राहत मुखी भन्दा व्यवसाय मुखी बनाएर आत्म निर्भर बनाउनुपर्नेमा जोड दिएका हुन् । व्यवसाय मुलक तालिम र स्वरोजगार पाएमा पिडितले आफ्नो पिडा भुल्न सक्ने पनि उनीहरुको धारणा थियो ।
कार्यक्रममा स्थानीय विकास अधिकारी भरत गौतमले माछा मारेर दिनु भन्दा माछा मार्न सिकाउने प्रयासले दिर्घकालिन समस्या समाधान हुने बताए । पिडा भूलेर रोजगारीमा लाग्ने अवसर दिन सकेमा मात्र आगामी दिनमा थप समस्या नआउने उनले बताए ।
सहायक प्रजिअ छविलाल सुवेदीले सरकारले दिर्घकालिन नीति ल्याएमा यो समस्या समाधान गर्न सकिने बताए । उनले जिल्लामा अहिले सम्म १ सय ३० जना मृतकका परिवार र २२ जना बेपत्ताका परिवारले राहत लगिसकेको जानकारी गराए । साथै घाइते लगायतका अन्य पिडितलाइपनि उपचार खर्च लगायतको सहयोग गरिसकिएको बताए ।
कार्यक्रममा सत्कर्म नेपालका अध्यक्ष सिताराम थापाले संक्रमणकालिन न्याय विषयमा प्रस्तुतीकरण गरेका थिए । सत्कर्म नेपालका अध्यक्ष सिताराम थापाको अध्यक्षता, श्रीकृष्ण पौडेलको संचालन र आमा मिलन केन्द्रकी अध्यक्ष ज्ञानु थापाको स्वागतमा सम्पन्न कार्यक्रममा स्थानीय शान्ति समितिका पूर्व अध्यक्ष हरि सुवेदी, राजेन्द्र पौडेल, सिर्जना पन्त, बिष्णुराज पौडेल लगायतले पनि आफ्नो धारणा राखेका थिए । उक्त अवसरमा थापाले द्वन्द्व पिडित राहत कोषमा ८ हजार रुपैयाँ थप गरेको जानकारी गराएका थिए ।


Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment