जिल्लामा पुर्ण खानेपानी सुविधा पुगेको गाविस नै छैन

रबिना बोहरा
बागलुङ, २० असार
       बागलुङ जिल्लामा पुर्ण खानेपानी सुविधा पुगेको गाविस कुनै पनि नभएको जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बागलुङले जनाएको छ ।
       सरकारले २०१९ सम्म पुर्ण आधारभुत खानेपानी तथा सरसफाई राष्ट्र बनाउने उद्देश्यका साथ लागे पनि जिल्लामा करिब १५ प्रतिशत उपभोक्ताहरु खानेपानीको पहु“चमा छैनन् । कार्यालयका सुचना अधिकृत जनकराज गौडेलका अनुसार जिल्लामा ८६.८ प्रतिशत जनताहरुले मात्र खानेपानीको सुविधा प्राप्त गरिरहेका छन् । ८६.८ प्रतिशत आम उपभोक्ताहरुले खानेपानीको सुविधा प्राप्त गरेतापनि बेलाबेलामा आउने फोहोर पानीका कारण पनि उत्तिकै चिन्तित छन् ।
       कार्यालयले दिएको जानकारी अनुसार बागलुङ जिल्लामा भएको २ लाख ६८ हजार ६ सय १३ कुल जनसंख्या मध्य २ लाख ३३ हजार १ सय ५६ जना आधारभुत खानेपानी सुविधाबाट लाभान्वित भएका छन् । जिल्लामा ५२ हजार ६ सय ७० घरधुरी मध्य ४५ हजार ७ सय १७ घरधुरीलाई खानेपानी उपलब्ध भएको कार्यालयका सुचना अधिकृत गौडेलको भनाई छ । कार्यालयमा उपभोक्ताहरुले खानेपानी सुधार एवं विस्तारका मागहरु बढी गर्ने हुदा उपभोक्ताको मागलाई परिपुर्ति गर्नका लागी आफुहरुले सक्दो प्रयास गरेको गौडेलले बताउनुभयो । यस्तै जिल्लामा ९२ प्रतिशत पक्की चर्पी निर्माण भएका छन् भने ८ प्रतिशत कच्ची शौचालय नै रहेको उहाले बताउनुभयो ।
       बागलुङ जिल्लाको भौगोलिक बनावट, आयोजनाको बजेट सिमित हुदा र पानी स्रोत तथा मुलको व्यवस्था लगायतका समस्याका कारण खानेपानी सहज रुपमा आपुर्ति हुन नसकेको गौडेलले बताउनुभयो । चालु आर्थिक बर्षमा सञ्चालन भएका आयोजना मध्य अहिले सम्म २ वटा आयोजनाहरु मात्र सम्पन्न भएको कार्यालयले जनाएको छ । जिल्लामा भएका सिमित स्रोत साधनले गर्दा पनि निर्माणधिन आयोजनाहरु समयमै पुरा हुन सकेका छैनन् ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment