हिलमा घर पुरियो

बागलुङ/जिल्लाको हिलमा वर्षासँगै आएको पहिरोका कारण एक परिवार बिस्थापित भएका छन् । घर माथिबाट निर्माण गरिएको मोटरबाटोबाट खसेको पहिरोका कारण हिल ९ का पदम कार्कीको घर जोखिममा परे पछि कार्कीको परिवार घरबाट विस्थापित भएका हुन् । अहिले उनीहरुले आफ्नै गोठमा वसेका छन् । उनीहरुले तत्काल बैकल्पिक व्यवस्था गरिदिन सरोकारवाला निकायसँग आग्रह पनि गरेका छन् । 
बिद्यामन्दिर

यस्तै वर्षाका कारण धौलागिरीको सबै भन्दा पुरानो बिद्यालय बिद्यामन्दिर स्कुल बागलुङको पुरानो भवन भत्किएको छ । भवन भत्किएपछि ३ वटा कोठामा क्षति पुगेको छ । बिद्यालयको कक्षा ५ ८ र १० को पढाइ सञ्चालन गर्दै आएको भवन भत्किएपछि पठन–पाठनमा थप समस्या सिर्जना भएको बिद्यालयका प्रधानाध्यापक इश्वरलाल बज्राचार्यले वताउनुभयो ।

तंग्राम
यसैबीच, तंग्रामको धारा उच्च माध्यामिक विद्यालय बागलुङको प्राङ्गणमा पहिरो गएको छ। पहिरोले ३० लाख रुपैया भन्दाबढीको क्षती पुराएको स्थानीय लक्ष्मण पुनले जानकारी दिनुभयो । 

यसैबीच, पर्वतको नाग्लीबाङ गाउँ विकास समिति– ४ गिरगिरेमा पहिरोले घर पुरिएको छ । वर्षासँगै घर माथिबाट आएको पहिरोले स्थानीय रजे दमाइको घर पुरिंदा घर भित्रै पुरिएको अवस्थामा दुई जनाको जीबितै उद्धार गरिएको छ । घर भित्र पुरिएको अवस्थामा दमाईका ६० वर्षीया श्रीमति बेलमती र उहाँका ८ वर्षीय नाति अनिश परियारलाई जीबितै उद्दार गरिएको हो । घर पछाडीको भित्तो भत्केर घरसँगै पुरिएका दुबैलाई स्थानीयको सहयोगमा तत्काल सकुशल उद्धार गरिएको नाग्लीबाङबाट सोमबहादुर जिसीले जानकारी दिनुभयो । 

घर भित्र सुतीरहेको अवस्थामा पुरिएर घाइते भएका दुबै जनाको पर्वत जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट उद्दार टोली पुगेको थियो । पहिरोले अन्य मानवीय क्षति नभएको र घरभित्र रहेको अन्नपात, कुखुरा र लत्ताकपडा पुरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक सुनजित तामाङले जानकारी  दिनुभयो ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment