नया संविधान जनताको साझा संविधानको रुपमा स्थापित हुनुपर्छः जनता

रबिना बोहरा
बागलुङ, ३ श्रावण
       नेपाल संविधान २०७२ को प्रारम्भिक मस्यौदा माथि सुझाव संकलन कार्यक्रम जिल्लाका विभिन्न स्थानमा सुरु भएको छ ।
       संंविधान सुचना केन्द्र धौलागिरि बागलुङको आयोजनामा आईतबार बागलुङ सुझाव संकलन गरिएको छ । अव बन्ने नया संविधान जनताको साझा संविधानका रुपमा स्थापित हुनुपर्ने सहभागीले बताएका छन् । सुझाव संकलनका क्रमका स्थानीयहरुले कुनै जात जाती, भाषाभाषी एवं  संस्कृतीका नाममा संविधान निर्माण गर्न नहुने बताएका थिए । स्वास्थ्य, शिक्षा, स्वरोजगार र सुरक्षाको हकलाई मौलिक हकका रुपमा राख्नुपर्ने भन्दै स्थानीय एवं राष्ट्रिय स्तरको नेतृत्व गर्दा शैक्षिक योग्यता निर्धारण गर्नुपर्ने सहभागीको माग छ । नेपालमा रोजगारको पहुच बृद्धि गर्नका लागी जलस्रोतको सदुपयोग बढी गर्नुपर्ने र कृषि क्षेत्रलाई शिक्षाको हकमा समावेश गर्नुपर्ने उनिहरुको भनाई छ ।
       यस्तै दलितहरुका अधिकारलाई कुण्ठित नगरि समावेशि ढंगले दलितका हकलाई स्थापित गर्नुपर्ने सहभागीको माग छ । यस्तै बहिराहरुका लागी सांकेतिक भाषा र दोभाषेको संविधानमा व्यवस्था गर्न माग गर्दै अपाङग एवं फरक क्षमता भएका व्यक्तिहरुका लागी पनि रोजगारको व्यवस्था गर्नुपर्ने बहिराहरुको माग छ ।
       सभाषद् अर्जुनप्रसाद जोशीले नेपालमा लोकतन्त्रका लागी नागरिकको हक, अधिकारका लागी कहि पनि सम्झौता नगरिएको भन्दै जनताबाट आएको सुझावलाई संविधानसभा सम्म पु¥याउने बताउनुभयो । सबै बर्ग, लिङ्ग एवं जातजातीहरुको संविधानसभामा प्रतिनिधित्व गराउन माग गर्ने भन्दै सबै बिषयहरुलाई संविधान सभामा राख्न नसकेता पनि सुझावहरुलाई साराशंमा पेश गर्ने जोशीले बताउनुभयो ।
यस्तैगरी व्यक्तिगत र संस्थागक रुपमा सुझाव दिनेमा अधिकांसले लिखितै रुपमा गणतन्त्रात्मक हिन्दुराज्य लेख्न सुझाव आएको संविधानसभाका सभासद अर्जुनप्रसाद जोशीले बताउनुभयो । संविधान सूचना  केन्द्र र नेपाल कानून समाजले सुझाव सभासदकै उपस्थितिमा सुझाव संकलन गरेको थियो ।
पार्टीको धारणा बिपरित केहीले आफ्नै नाममा र केहीले छदम नाममा पनि सुझाव दिएको भेटिएको केन्द्रका अध्यक्ष राम शर्माले बताउनुभयो ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment