जिशिकाको हालसम्म ९८ प्रतिशत वित्तिय प्रगती

बागलुङ, असार ३० । जिल्ला शिक्षा कार्यालय बागलुङबाट आर्थिक वर्ष २०७१÷७२ मा हालसम्म ९८.३५ प्रतिशत वित्तिय प्रगति भएको जनाएको छ । कार्यालयले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरि ९८.३५ प्रतिशत बजेट खर्च भैसकेको जानकारी दिएको हो ।

जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद तिवारीका अनुसार कार्यालयको कुल बजेट २२ करोड ३६ लाख ३६ हजार ३ सय १३ रुपैया“ मध्य २१ करोड ९९ लाख ६१ हजार ६९ रुपैया खर्च भएको छ । कुल बजेटको ९८ प्रतिशत बजेट खर्च हु“दा कार्यालयमा ३६ लाख ७५ हजार २ सय ४४ रुपैया बाकी रहेको छ ।

यस्तै जिल्ला शिक्षा कार्यालय बागलुङका अनुसार अनौपचारिक शिक्षा तथा राष्ट्रिय साक्षरता अभियानका लागि आएको १७ लाख ४० हजारमा १६ लाख २० हजार खर्च भएको छ । सामुदायिक विद्यालय क्षमता अभिबृद्धि कार्यक्रमका लागि ५९ लाख ८४ हजार ६ सय रुपैया“ र विषेश शिक्षा परिषदबाट जिल्लामा ४० लाख ६० हजार ७ सय २४ रुपैया“ रहेकोमा सबै खर्च भएको तिवारीले बताउनुभयो । 

यस्तै कार्यालयको पहलमा कार्यालयका कर्मचारी, स्रोतव्यक्ति, एवं विभिन्न विद्यालय बाट गरी कुल ८५ लाख ७६ हजार ५ सय ९५ रुपैया“ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिएको छ । कार्यालयको सिफारिसमा क्षेत्रीय शिक्षा निर्देशनालय पोखराबाट भुकम्प प्रभावित ७ वटा उमावि, माविव र निमाविहरुलाई अस्थायी कक्षाकोठा निर्माण एवं मर्मतका लागि १० लाख रुपैया“ प्राप्त भएको कार्यालयले जानकारी दिएको छ । विद्यालय पुनःनिर्माणका लागि प्राप्त भएको रकमलाई विभिन्न क्षतिग्रस्त विद्यालयस“ग सम्झौता गरि रकम वितरण गर्ने बताईएको छ ।

जिल्ला शिक्षा कार्यालयको शैक्षिक गुणस्तर अभिबृद्धि कार्यक्रम अन्तरगत १–५, ६–८, ९–१०, र ११–१२ का विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तकका लागी विद्यालयलाई अनुदान वितरण गर्ने कार्यक्रममा ७५.७६ प्रतिशतका लागी मात्र बजेट निकाशा भएको पनि कार्यालयले जनाएको छ । यस्तै विद्यार्थीहरुको विभिन्न जानकारी प्राप्त गर्नका लागि जिल्लाका ५ सय २९ विद्यालयलाई एक्सेल सफ्टवेयर वितरण गरिएको पनि कार्यालयले जनाएको छ ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment