बागलुङ, साउन ६ । चर्चित गायक अरुण थापा मगरको सम्झनामा १७ औं अरुण स्मृति दिवस बागलुङमा सांगीतिक साँझको आयोजना गरि मनाइएको छ ।
नेपाल मगर सांस्कृतिक संघ बागलुङ र नेपाल मगर विद्यार्थी संघ धौलागिरी वहुमुखी क्याम्पस इकाई समिति बागलुङको संयुक्त आयोजनामा भएको कार्यक्रममा कर्णप्रिय स्वरका धनि गायक थापाका करोडौ मुटुहरुमा, ‘ऋतहरुमा तिमी’ दोष कसैलाई दिन चाहन्न, ‘जतिकसम खाए पनि’, चोट के हो व्यथा के हो, भुलु भुलु लाग्यो मलाई लगायतका आधा दर्जन बढी चर्चित गित गाइएको थियो ।
राष्ट्रिय गान र गायक थापाको ‘करोडौ मुटुहरुमा’ बोलको राष्ट्रिय गीतबाट शुरु भएको कार्यक्रममा कलाकार किशोर थापाले दोष कसैलाई दिन चाहन्न, भुलुभुलु लाग्यो मलाई, महेन्द्र थापाले ऋतुहरुमा तिमी, चोट के हो व्यथा के हो, मनु रोकाले जति कसम खाए पनि, जति माया लाए पनि गीत प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा गत वर्षको एसएलसी परीक्षामा मगर समुदायबाट जिल्लाभरमा उत्कृष्ट अंक ल्याएर उत्र्तिण हुने संस्थागत र सामुदायिक बिद्यालयका ५ जना विद्यार्थीलाई सम्मान समेत गरिएको थियो ।
बुढाथोकी र नरिकला थापा तथा संस्थागत विद्यालयबाट एसएलसी परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउने सपना राम्जाली र कृष्णबहादुर बुढालाई मगर संघ बागलुङका अध्यक्ष गणेश थापा, नेपाल मगर बिद्यार्थी संघका केन्द्रीय सदस्य जोकलाल बुढा र क्याम्पस इकाई अध्यक्ष कमल श्रीस मगरले सम्मान गर्नुभएको थियो । कार्यक्रम नेपाल मगर साँस्कृतिक संघका अध्यक्ष प्रकाश थापाको अध्यक्षता र पत्रकार दिल शिरीषको सञ्चालनमा सम्पन्न भएको थियो ।
0 comments :
Post a Comment