सिवधाराचोकबाट माईकुटीसम्मको ८ मिटर चौडा बाटोको सडक निमार्णको काम सुरु

रबिना बोहरा
बागलुङ, २३ असार
नगरपालिकाले सडक मापदण्ड भित्र परेका जग्गाहरुलाई हटाउदै सिवधाराचोकबाट माईकुटीसम्मको ८ मिटर चौडा बाटोको सडक निमार्णको काम सुरु गरेको छ ।
नगरपालिकाले सडक बनाउनका लागी तोकेको मापदण्ड पुरा गर्दै सडक निर्माणको काम अगाडी बढाएको हो । बागलुङ नगर क्षेत्रमा बनेका सडकहरु निजी जग्गामा बनेकाले पनि ८ मिटर चौडा बाटोका लागी अतिक्रमण भएका जग्गालाई हटाउनु परेको नगरपालिका कार्यालयका इन्जिनियर त्रिलोचन गिरिले बताउनुभयो । नगरपालिकाले बारम्बार जग्गा हटाउन भनेता पनि नमाने पछि भ्याकुर लगाएर भत्काउनुपरेको कार्यालयले जनाएको छ ।
सिबधाराचोकबाट माइकुटीसम्मको बाटोमा सिवधाराचोकबाटै ८ मिटर चौडा भएको बनाउने उद्देश्यले नगरपालिकाले तोकेको मापदण्ड पुरा गर्दै बाटो निर्माण कार्य जारी राखेको छ । यता जग्गाधनी पोसक सापकोटाले बाटोका लागी मापदण्ड पुगेन भन्दैमा व्यक्तिगत जग्गा लिन नपाइनै भन्दै सार्वजनिक जग्गालाई संरक्षण गरि बाटो खन्न मिल्ने ठाउमा खनेर बाटो निर्माण गर्नुपर्ने बताउनुभयो ।
यस्तै नगरपालिका कार्यालयका इन्जिनियर गिरिले स्थानीय विकास मन्त्रालयमा भएको जगेडा कोष कार्यक्रम अन्तर्गत नगरपालिकाले सिवधाराचोकबाट माईकुटीसम्मको सडक ढलान गर्न लागेको बताउनुभयो । गिरिले मन्त्रालयबाट ६० प्रतिशत र स्थानीय जनसहभागीताबाट ४० प्रतिशत गरी सडकको काम थालेको बताउनुभयो । स्थानीय उपभोक्ताको २४ लाख सहयोग र मन्त्रालयको ३५ लाखको सहयोगमा अतिक्रमण भएका जग्गाहरुलाई हटाउदै नगरपालिकाले बाटोको काम गरेको हो । नगरमा ७० प्रतिशत सडक निजी जग्गामा बनेको हुदा ५ मिटर सार्वजनिक जग्गा बाहेक दोहोरै ७५÷७५ सेन्टिमिटर बाटो लिएर उक्त सडकमा तोकिएको मापदण्ड पुरा गदै गरेको उहाको भनाई थियो ।
मापदण्डमा रहेको जग्गामा बाटो निर्माण गर्नका लागी जग्गाधनीले बाटो नदिएपछि नगरपालिकाले स्थानीय प्रशासन, राजनितिक दलका प्रतिनीधि, संचारकमीको रोहबरमा भ्याकुर मार्फत जग्गा भत्काएको हो । बागलुङ र म्याग्दीका विभिन्न १४ गाविसलाई जोड्ने सडक अहिले निर्माण गर्न लागेको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले मापदण्डमा नभएका जग्गाहरुलाई बाटोका लागी भत्काइरहदा विनासकारी भुकम्प पछि सरकारले केहि समयका लागी घर निर्माणका लागी रोक लगाएको थियो । तर त्यही समयमा बागलुङ नगरपालिका भित्रै केहि घर र सरकारी कार्यालय समेत ढलान भैरहेका थिए । बागलुङ नगरपालिका भित्र पनि धेरै मापदण्ड विपरितका घरहरु छन् । अव नगरपालिकाले मापदण्ड विपरितका घरहरु अझे पनि हटाउन सकेको छेन ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment