​तारा एयरले ल्यायो अत्याधुनिक नयाँं ट्वीन अट्टर विमान

काठमाडौं/हिमाल र पहाडका नागरिकलाई लक्षित गर्दै सेवा प्रदान गर्दै आएको आन्तरिक वायु सेवा कम्पनी तारा यएर अत्याधुनिक ट्वीनअटर विमान भित्र्याएको छ । ताराले भित्र्याएको यो विमान भाइकिङ डिएचसी ६–४०० अत्याधुनिक नवनिर्मित जहाज हो ।

यो विमान अत्यन्त विविधतापूर्ण र सफल रहेको तारा एयरले जनाएको छ । अत्याधुनिक एभियोनिक्स प्रणालीबाट सुसज्जित यो विमानमा मौषमको अवस्था देखाउने कलर वेदर राडर यन्त्र,जहाज र जमिनवीचको सानिध्यता नाप्ने यन्त्र तथा आकाशमा हुन सक्ने ट्राफिक दुर्घटनाको संकेत दिने टिसीएएस प्रणाली जडित छन् ।

 यो विमान विश्वका अत्यन्त दुर्गम,प्रतिकुल वातावरण जस्तै ःशुन्य डिग्री तापक्रमको अन्टारटिका,उत्तरी अफ्रिकाको अत्यन्तै उच्च तापमानको मरुभूमी,इन्डियन महासागरको खुला पानीदेखि उच्च हिमालयका भेगसम्म उडान गर्ने क्षमताको छ । तारा एयरका अनुसार यस विमानमा रहेको अत्याधुनिक र विशेष क्षमता विश्वका अन्य विमानहरुले देखाउन सकेका छैनन ।

छोटो धावन मार्ग भएका विमानस्थलमा सजिलै उडान र अवतरण गर्न सक्ने यो विमान नेपालका लुक्ला,फाप्लु,जोमसोम डोल्पो,रारा र सिमीकोट क्षेत्रमा सञ्चालन गरिने भएको छ । तारा एयरले आफूसँंग रहेका सम्पूर्ण ३०० सिरिज र डोर्नियर डिओ २२८–२१२ का विमानहरुलाई यस्तै नयाँं भाइकिङ सिरिज४०० एयरक्रयाफ्टद्वारा प्रतिस्थापन गर्दै जाने भएको छ । तारा यएरले दोस्रो नवनिर्मित यस्तै भाइकिङ ४०० विमान यसै वर्षको सेप्टेम्बरमा ल्याउने पनि जनाएको छ ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment