सिगानामा च्याउखेती तालिम

बागलुङ, १४ साउन ।  सिगाना र तित्याङमा रहेका मानसिक रुपमा विचलन भएका तथा उनीहरुको अभिभावकका लागि आयआर्जनमा सहयोग गर्न सामुहिक च्याउखेती तालिम सम्पन्न भएको छ ।  जिविकोपाजर्न शिक्षा तथा विकास कार्यक्रम लिड्सको आयोजनामा दुइ गाविसका ७० जना लाइ तालिम दिएर सामुहिक रुपमा च्याउ लगाउन समेत सिकाइएको हो । 
सामान्य व्यक्ति भन्दा कठिन रुपमा  जीवन यापन गर्नु पर्ने र कम्तिमा एक एक जना हेरालु बस्नैपर्ने भएपछि उनीहरुको आर्थिक अवस्था नाजुक  हुने गरेको छ । उक्त समस्यालाइ  सम्बोधन गर्दै आयआर्जन गर्न सकुन  भनेर कन्ये च्याउ लगाउने दुइ दिने तालिम दिइएको कार्यक्रम अधिकृत शोभा काउचाले बताउनुभयो । तालिममा लिड्सका प्रशिक्षक सोमबहादुर थापाले सहजीकरण गर्नुभएको थियो । सहभागिहरुले सामुहिक जस्तै व्यक्तिगत रुपमा पनि च्याउखेती गर्ने योजना बनाएको बताउनुभयो ।
सामुहिक रुपमा गरिएको च्याउखेतीका लागि लिड्सले विउ, प्रविधि र पराल समेत सहयोग गरेको छ । तालिम समापनको अवसरमा सहभागिले आत्म निर्भर बन्ने तथा आयआर्जन गर्नका लागि तालिमबाट सिकेको शिपलाइ व्यवहारमा उतार्ने बताएका छन् । 
जनजागरण स्वास्थ्य आमा समूह सिगानाकी अध्यक्ष गीता खड्काको अध्यक्षता र लिड्सकी कार्यक्रम अधिकृत शोभा काउचाको संचालनमा सम्पन्न कार्यक्रममा प्रशिक्षक सोम थापा, सिगाना स्वास्थ्य चौकीका इन्चार्ज बिष्णु शर्मा पौडेल र महिला स्वास्थ्य स्वयं सेविका तथा सहभागि हिरा खड्काले बोल्नु भएको थियो । लिड्सले स्थानीय स्वास्थ्य संस्थाको सहकार्यमा काम गर्दै आएको छ ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment