आसमान र युनेस्कोद्वारा शैक्षिक सामाग्री वितरण

बागलुङ, १४ साउन । आसमान नेपालको सहकार्य र युनेस्को नेपालको आर्थिक सहयोगमा वहाँकी उमावि चिलाउनेखर्क पर्वतलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।

बिद्यालयमा शैक्षिक गुणस्तर बृद्धिका लागि आसमान एवं युनेस्को नेपालले विद्यालयलाई ८ वटा कम्प्युटर, १ वटा प्रिन्टर, इन्टरनेट, प्रोजेक्टर र फर्निचर प्रदान गरेको हो । यस्तै विद्यालयका शिक्षकलाई एक महिने नि:शुल्क कम्प्युटर तालिम पनि दिएको छ । सूचना र प्रविधिको विकास भैरहेको समयमा शैक्षिक गुणस्तरमा बृद्धि गर्ने उद्देश्यले विद्यालयलाई कम्प्युटर लगायतका सामाग्री हस्तान्तरण गरिएको आयोजकले बताएका छन् ।

जिल्ला शिक्षा कार्यालय पर्वतका जिशिअ श्रीप्रसाद गुरुङले विद्यालय सुधारका लागि संस्थाले गरेको कार्य स्रहानीय भएको भन्दै प्रविधिको विकासका लागि एवं विद्यार्थीको क्षमता विकासका लागि सहयोग मिल्ने बताउनुभयो । गुरुङले शिक्षकहरुले लिएको एक महिने तालिमलाई व्यवहारमा लागु गर्न आग्रह गर्दै शिक्षा क्षेत्रको विकासका लागि आधुनिक प्रविधिको प्रयोग गुर्न आवश्यक रहेको बताउनुभयो ।

आसमान नेपालका संयोजक लक्ष्मण थापाले संस्थाको उद्देश्यको एवं कार्यक्रमको बारेमा जानकारी दिंदै देशको विकासका लागी शिक्षा महत्वपुर्ण हुने भएकाले शैक्षिक क्षेत्रमा संस्थाले सहयोग गर्दै आएको बताउनुभयो । शहरीभेगमा मात्र नभई ग्रामिण भेगका विद्यार्थीहरुले पनि कम्प्युटरबाट शिक्षा हासिल गर्न सकुन भन्ने उद्देश्यले कम्प्युटर प्रदान गरिएको थापाले बताउनुभयो । कार्यक्रम जिल्ला शिक्षा अधिकारी श्रीप्रसाद गुरुङको अध्यक्षता र विद्यालयका प्राचार्य पदमराज न्यौपानेको स्वागत र शाखा अधिकृत रामप्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment