संविधानको मस्यौदा जलाईयो, संघिय समाजबादी फोरमले कार्यक्रममै कालोझण्डा देखाए (फोटो फिचर)

सिर्जना पन्त, साउन ५ गते बागलुङ
संविधानमा नागारीक सम्बन्ध तथा संविधान सुझाव समिति ले बागलुङमा आयोजना गरेको संविधानको पहिलो मस्यौदामाथी सुझाव संकलन कार्यक्रममा आफ्ना विभिन्न मागहरुको सम्बोदन नभएको भन्दै बागलुङमा क्रियाशिल विभिन्न राजनितिक दल तथा संघ सञ्जालहरुले विरोध गरेका छन् । 


संघिय समाजबादी फोरमको नेत्तृवमा नेत्र विक्रम चन्द माओवादी, नेकपा माओवादी, नेकपा एकिकृत, आदिवासी जनजाती महासंघ, मगर संघ तथा दलित सञ्जालले मस्यौदामाथी सुझाव संकलन भईरहेको धौलागिरी बहुमुखी क्याम्पस परिसरमा पुगेर संविधानको मस्यौदा जलाउदै कार्यक्रम स्थलमा कालो झण्डा देखाएर कार्यक्रमको विरोध गरेका हुन । 


उनिहरुले संविधानमा जातिय पहिचान सहितको संघियता कायम हुनुपर्ने, धर्म निरपेक्ष्ँता, नामाङकन र सिमाङकन सहितको जातिय पहिचान सहितको राज्य, पुर्ण समावेसी, समानुपातीक प्रतिनिधित्व हुनुपर्ने लगाएतका मागहरु सुझाव संकलन कार्यक्रममा पेश गरेका थिए । 


विरोधमा उक्रिएको टोलीलाई प्रहरीले कार्यक्रम स्थलबाट बाहिर निकालेको छ । 


Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment