मुस्ताङमा २९ हजार पर्यटक

मुस्ताङ, १४ साउन । विश्वमा पर्यटकको तेस्रो गन्तव्यको रुपमा स्थापित हिमालपारीको पर्यटकीय जिल्ला मुस्ताङमा एक वर्षको अवधिमा २९ हजार पर्यटकले भ्रमण गरेका छन् । यो संख्या गत वर्षको भन्दा २८ प्रतिशतले कमि हो । सन् २०१४ को जुलाई देखि २०१५ जुलाई सम्म २९ हजार नौसय ५२ विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मुस्ताङका प्रमुख विदुर विक्रम कुइँकेलले जानकारी दिनुभयो ।

प्रतिकुल मौसम, हुदहुद आँधी, अविरल वर्षासँगै भएको भारी हिमपातसँगैको हिमपहिरो, पछिल्लो समयमा गएको महाभुकम्प, म्याग्दीको बैसरीमा गएको पहिरोका कारण पर्यटकको संख्यामा कमि आएको एक्याप प्रमुख कुइाकेलको भनाइ छ । गतवर्ष ४१ हजार पाँच सय ८० पर्यटकले जिल्लाको भ्रमण गरेका थिए । २०१५ मा त्यो संख्या घटेको छ, एक्याप प्रमुख कुइाकेलका अनुसार एक्यापले सन् १९९५ देखि जिल्लामा भित्रिने पर्यटकको तथ्याङ्क राख्दै आएको हो । त्यसयता सन् २०१२ मा सबैभन्दा धेरै ४७ हजार सात १२ पर्यटक आएका थिए । 

सन् २०१२ पछि बढी पर्यटक २०१४ मा भित्रिएका थिए । यसले नेपालमा पर्यटकमैत्री वातावरण बन्दै गएको छ भन्ने प्रमाणित गरेपनि प्राकृतिक प्रकोपका कारण यस वर्ष पर्यटकको संख्यामा उल्लेख्य कमि आएको हो । एक्याप मुस्ताङको विवरण अनुसार, जनवरीमा दुई सय २७, फेबु्रवरीमा आठसय ५७, मार्चमा तीन हजार ६९, अप्रिलमा ६ हजार दुई सय ३४, मेमा एक हजार दुई सय ३५, जुनमा पाँच सय २७, जुलाई १६ सम्ममा दुई सय ५६ पर्यटकले जिल्ला भ्रमण गरेका छन् । मुक्तिनाथ मन्दिर, लोमान्थाङ दरबार, राउन्ड अन्नपूर्ण पदमार्गको थोराङला पास सहित विभिन्न हिमशृंखला र कला संस्कृतिको अध्ययनका लागि मुस्ताङमा दुई प्रकारका पर्यटक आउने गरेका छन् ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment