ग्रीन डेभलपमेण्ट बैंकले ४ करोड ५० लाखको शेयर निष्कासन गर्ने (विज्ञप्ती सहित)

बागलुङ, साउन ६ । बागलुङमा मुख्य कार्यालय रहेको ग्रीन डेभलपमेण्ट बैंक लिमिटेडले सर्वसाधारणका लागि शेयर निस्कासन गर्ने भएको छ । बागलुङ लगायत म्याग्दी र कास्की जिल्लालाई कार्य क्षेत्र बनाई २०७० भदौंबाट वित्तिय कारोवार शुरु गरेको बैंकले सर्वसाधारणका लागि चार करोड ४० लाख रुपैयाँको शेयर निस्कासनको तयारी गरिरहेको बैंकले जनाएको हो ।

बैंकिङ नियमानुसार शेयर निस्कासनका बैंकले एजेन्टको रुपमा एनआइविएल क्यापिटल मार्केट्स लिमिटेड लाजिम्पाट काठमाडौंलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकिएको बैंकका कार्यकारी अधिकृत प्रकाशकुमरा श्रेष्ठले जानकारी दिनुभयो ।  सम्झौतामा एनआइबिएल क्यापिटलको तर्फबाट महाप्रबन्धक मेखबहादुर थापा तथा ग्रीन डेभलपमेन्ट बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार श्रेष्ठले हस्ताक्षर गर्नुभएको थियो ।

सम्झौतापछि कम्पनीले बैंकको शेयर निष्कासनका लागि धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक लगायत आवश्यष्क कामकारवाही शुरु गर्नेछ । शेयर निस्कासनका लागि एजेण्ट नियुक्त गरेपछि अबको तीन महिनाभित्र सर्वसाधारणका लागि शेयर निष्कासन हुने श्रेष्ठले बताउनुभयो । निष्कासन हुने शेयर १ सय रुपैयाँ दरका ४ लाख ४० हजार थान हुनेछन् ।

दुई वर्ष अगाडिदेखि वित्तिय कारोवार शुरु गरेको बैंकले आर्थिक वर्ष ०७१/०७२ सम्ममा करिब २५ करोड निक्षेप संकलन गरी २० करोड कर्जा प्रवाह गर्दै आएको छ । बागलुङ बजारमा केन्द्रीय कार्यालय रहेको बैंकको अधिकृत पँुजी ३२ करोड, जारी पुँजी १० करोड र चुक्त पँुजी ५ करोड ५० लाख रहेको छ । तीन जिल्लामा कार्यक्षेत्र भएपनि हाल बागलुङ र म्याग्दीमा शाखा स्थापना गरेर वित्तिय कारोवार सञ्चालन गरिरहेको बैंकले आगामी दिनमा कास्की, बागलुङको हटिया, बुर्तिवाङ, कुश्मीसेरा लगायतका ठाउंहरुमा शाखा स्थापना गर्ने तयारी गरिरहेको बैंकका सुपरीवेक्षक सुदिप राजभण्डारीले जानकारी दिनुभयो । 
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment