साउनको भेलमा संविधानको खेल

देबबहादुर श्रेष्ठ,
अहिले नेपालमा संविधान निर्माण गर्नै कार्यमा नेताहरु र सभासदहरु तल्लिन भएका छन् । संसदको वर्षै संसन चलिरहेको छ । वजेट पास गर्ने देशलाई आर्थिक उन्नतीको पाटोमा लैजाने आम जनताको रोजी, रोटी, बाटो, घाटो, उद्योग धन्दा, कृषि सहकारीको निती निर्माण गर्ने बजेट र गजेट बनाउने समय पनि यहि हो । 
देबबहादुर श्रेष्ठ

एक वर्षको १२ महिना हुन्छ । १२ महिनामा ३ महिना अषाढ श्रावण र भाद्र महिनालाई वर्ष ऋतु भनेर हामीले जान्ने गरेका छौ । यी महिनाहरुमा किसान हरुले खेती पाती गर्ने, वर्षा बढी हुने र बाटो घाटो पनि अधिकाशं बन्द भै आवत जावत गर्न पनि ग्राह्रो हुने महिना भएकाले स्कुल क्याम्पसमा पनि विदा गर्ने चलन छ । २०७२ सालको शुरुवातमै नेपालमा भुकम्प गयो । धेरै धनजनको क्षती भयो । भुकम्प गएको पनि ३ महिना हुन लाग्यो । अझै पनि कति भुकम्प पिडित नेपालीहरु पालमुनी र अरुलाई टहराहरुमा वसोवास गर्न सरकारले राखेका छन् । पिडितहरुको लागि अझै पनि उचित व्यवस्थ ागर्न सरकारले आफ्नो क्षमता प्रर्दशन गर्ने सकेको छैन । संविधान सभाले संविधान बनाउने जिम्मा लिएको छ । धेरै वर्ष वित्यो पहिले संविधान सभाले करिब ५ वर्ष वितायो । संविधान अव बन्छ बन्छ भन्ने बेलामा दोस्रो संविधान सभाको विघटनको घोषण गरियो । दोस्रो संविधान सभाको निर्वाचनले र त्यसको परिणमले अर्कै रुप लियो । ठुलो दल भएको एमाओवादी तेस्रो स्थानमा बस्यो । तेस्रोमा भएको एमाले दल दोस्रो स्थानमा पुग्यो । दोस्रो स्थानमा रहेको नेपाली काङग्रेस पहिलोमा पुग्यो । नेपाली जनताले आफ्नो अभिमतलाई यसरी प्रदर्शन गऱ्यो । हरेक देशका जनताले दिएको नजमतलाई त्यो देशको सरकारले मान्नु पर्दछ । फेरी नेपाली काङग्रेस एमाले र अन्य साना दल एकसाथ भएर संविधान बनाउन चाहिने दुइतिहाई भएको बहुमतको सरकार गठन गऱ्यो । सरकार पनि बलियो भयो र अव संविधान बन्छ भन्ने कुरामा नेपाली जनतालाई आशा पनि पलायो । अझ त्यो भन्दा पनि २०७१ साल माघ ८ गतेको तिथि मिति तोकीएपछि आम जनाता माघ ८ मा संविधान आउछ भन्नेमा ढुक्क थिए । 

न्ेताहरुले आम सोझा साझा नेपालीहरुलाई ढाटन जानेका छन् । आउछ आउछ फुस्स बनाउने परिपाटी यो वर्ष भित्रमा धेरैपटक भयो । त्यसैले अव जनताले विश्वास गर्दैनन् भनेर चार ठुला दल मिलेर १६ वुदे सम्झौता पनि गरे । हुनत १६ वुदे सम्झौता गठन भए यता २०७२ अषाढ मसान्त भित्र संविधान आउछ भनेर जनतालाई आश्वासन पारियो बजेटको महिना भएकोले संविधान आउन सक्दैन भनेर धेरै जाने बुझेका नेपालीलाई थाहा थियो । असार मसान्त भित्र एउटा संविधानको मस्यौंदा सम्म तयार पारेर हतार हतार सबै सभाषदलाई आफ्नो आफ्नो जिल्ला र क्षेत्रमा १ गतेनै दौडाहा जस्तो गरेर सुरक्षना र भत्ता समेत दिएर पठाउने काम चाही भयो । 

त्यत्रो ठूलो २९७ धारा भएको संविधानलाई कसरी आम जनताले १,२ दिन भित्र अध्ययन गरेर ठीक बेठीक के कस्तो हो कसरी छुट्टाउने परिच्छेद दफा उपदफालाई अध्ययन गर्न थोरैमा पनि १ हप्ता लाग्दछ । जान्ने बुझेलाईपनि । सयकडा २ प्रतिशत जनताले पनि संविधानको मस्यौंदालाई गहिरिएर हेरका छैनन् । जनतालाई बोलाएर अघिपछि जस्तै अन्तरक्रिया जस्तो गरेर ताली बजाएर लैजाने हो भने जनताले चुनेर पठाएका सभाषदहरुले नै जनताको मर्म बुझेर यो देशमा कस्तो किसिमको संविधान फलदायी हुन्छ र देश र जनताको भलो हुन्छ त्यही अनुसार राजधानीमानै बसेर बनाए भै हाल्दछ । आम नेपालीलाई त जुन जोगी आएपनि कानै चिरेको भनेजस्तै २००४ सालबाट २०७२ सालसम्म बनाइएको विभिन्न किसिमको संविधानलाई नत विरोध गरे नत राम्ररी दिल खोलेर समर्थन नै गरे । नेपाली जनता यति सम्म सोझा छन कि २०१५ सालमा कांग्रेसको पहिलो पटक जनसरकार गठनहुंदापनि उपत्यकाबासीले दिपावली गरे अनि १८ महिनापछि २०१७ साल पुस १ गते राजाले प्रजातन्त्रको गला घोट्दा पनि फेरी जनताले दिपावली नै गरे । 

ढिलैभएपनि नेपालमा गणतन्त्र र संघीयताको संविधान आयो भने खुसीनै मान्नु पर्दछ । संविधान बिना देशले हरेक क्षेत्रमा निकासा पाउन सकेको छैन । दैनिक काम चलाउनको लागि र २ पटकसम्म संविधानसभाको चुनाव गराउन अन्तरिम संविधानलेनै काम गर्‍यो । फेरीपनि संविधान घोषणा गर्दा प्रदेशको नामांकन र सिमांकनलाई थाती राखेर बनाइएको संविधान अन्तरिम र अधुरो संविधान जस्तै हुन जान्छ । यत्रो वर्ष लगाएर फेरी त्यहीं अधुरो संविधान घोषणा गरेर आम नेपालीलाई नामांकन र सिमांकनमा झैझगडा गराइराख्ने र ६ महिनामा टु·ाउने कुरालाई ६ वर्ष लगाउने हो भने जनताले फरी उही दु:ख सास्ती सिवाए केही पाउने छैनन् । ६०१ जना सभाषदले चाहने हो भने त संविधान १, २ महिनामानै बन्न सक्दो रहेछ नि । यत्रो वर्षसम्म सत्ता र भत्तामा मस्ती भै रमाएका सभाषदहरुको भुकम्प आएपछि बुद्धि फेरिएछ । अब बन्ने संविधानभा जनताको मौलिक हक, सबै क्षेत्रको सामाजिक सुरक्षा र आवश्यक कर्तव्य र अनुशासनको पनि मर्यादा रहने गरी घोषणा गर्नु जरुरी छ ।

श्रावण महिना देवादीदेव महादेवको आराधना गर्ने महिनापनि हो । देशैं भरी न्दिु नरनारीले श्रावण महिनालाई विशेष रुपले मनउाने गर्दछन् । हाम्रा सभाषद मध्य अधिकांश सभाषदपनि हिन्दु धर्ममा आस्था राख्ने छन् । अहिलेसम्मको संविधानपनि हिन्दुवादी रंगले रंगिएको छ । ७५ जिल्लामा पुगेका सभाषदहरुले सुझाव संकलन गर्ने कार्यमा हिन्दु राज्य हुनुपर्छ भनेर बहुसंख्यक सुझाव दिने नेपालीले नभनेका छन् । त्यसैले अब बन्ने संविधानसभा धर्म निरपेक्षको ठाउंमा धर्म सापेक्ष हिन्दु राष्ट्र भन्ने बाक्यांस राख्नु जरुरी छ । पशुपति नाथको देशमा श्रावण महिनामा बन्न जाने नेपालको संविधान २०७२ नेपालीको मनोभावना अनुकुल बन्न सकोस यही कामना । 
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment