गाजा युवा क्लबद्धारा राहत कोषमा सहयोग

बागलुङ, १४ साउन । गाजा युवा क्लब बागलुङले भुकम्प पिडितहरुका लागी प्रधानमन्त्री राहत कोषमा एक लाख ५० हजार सहयोग गरेको छ । क्लबलका कर्मचारीहरुले ५ दिनको तलब काटेर भुकम्प पिडितहरुका लागी सहयोग गरेका हुन् । क्लबका अध्यक्ष परमानन्द काडेलले देशमा ठुलो विपत परेका बेला आफ्नो सानो सहयोगले पनि महत्वपुर्ण भुमिका खेल्ने भन्दै आफुहरुले सहयोग स्वरुप उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको बताउनुभयो । आफुहरुले तलबबाट राहतका लागी दिएको रकम बास्तविक भुकम्प पिडितहरु समक्ष पुग्नुपर्ने बताउनुभयो ।

बागलुङ जिल्लामा मानविय क्षति नभएता पनि भौतिक क्षति भएकाले जिल्लाका वास्तविक पिडितलाई राहत उपलब्ध गराउनुपर्ने क्बलले जनाएको छ । क्लबले बुधबार प्रमुख जिल्ला अधिकारी शेष नारायण पौडेलको कार्यकक्षमा गई एक लाख ५० हजारको चेक हस्तान्तरण गरेको थियो ।


कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलले क्लबले सहयोग गरेको राहत रकमलाई सम्बन्धित कोषमा पुर्‍याई वास्तविक भुकम्प पिडितलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाले अहिले सम्म भुकम्प पिडित व्यवस्थापन कोषमा १४ लाखको हाराहारीमा रकम संकलन भएको भन्दै उक्त रकमलाई पनि जिल्लाका भुकम्प पिडित एवं बर्खामा हुन सक्ने सम्भावित क्षतिमा तत्काल खर्च गर्नका लागी प्रयोग गर्ने बताउनुभयो । जिल्लाका भुकम्प पिडितहरुका लागी गृह मन्त्रालयबाट प्राप्त रकम आएकाले पनि कोषको रकम पिडित समक्ष नपुर्‍र्याएको पौडेलको भनाई थियो । 
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment