पर्यटन मन्त्रीसंग कुरा गरेको छु, एयरपोर्टका लागी डेढ करोड सम्म पर्छ भन्ने आशा छः पौडेल

रबिना बोहरा
बागलुङ, १७ असार
२०५२\५३ देखि बन्द गरिएको बागलुङ बलेवा एयरपोर्ट विगत २० बर्ष देखि सञ्चालनमा आउन सकेको छैन ।
समय समयमा लाखौ“ खर्च गरि भवन मर्मत गरिएता पनि लामो समय बितिसक्दा पनि सञ्चालनमा आउन नसकेपछि भवन पुनः जीर्ण बन्दै गएको छ । एयरपोर्टका लागी भवन मर्मत, तारजाली गरिए पनि संरक्षणका अभावनमा भवन भत्किदै गएको हो । १९ रोपनी जग्गामा रहेको बलेवा विमानस्थलबाट विगतमा काठमाण्डौ“, पोखरा, भैरहवा र जोमसोम लगायतका क्षेत्रमा उडान हुदै आएको थियो । तर अहिले व्यवस्थापनको कमिले गर्दा विमानस्थलको धावनमार्ग घा“स र झारले भरिनुका साथै ३ वटा भवन प्रयोगविहीन बनेका छन् । एयरपोर्ट सञ्चालन भएपछि सुनसान बलेवामा चहलपहल हुने आशा गरेका बलेवाबासी अहिले निरास बनेका छन् । भकुण्डेको मुलाबारी, गाजाको दह, चापखर्क लगायतका स्थान पर्यटनका लागी राम्रो सम्भाव्यता बोकेको स्थान हो । तर एयरपोर्ट सञ्चालनमा नआउदा सो क्षेत्रका व्यवसायीहरु विस्थापित भएको स्थानीयको गुनासो छ ।
सभाषद् प्रकाश शर्मा पौडेलले बलेवा एयरपोर्ट पुनःसञ्चालनका लागी पर्यटन तथा नागरिक उड्यन मन्त्री कृपासुर शेर्पासंग एयरपोर्ट सुधार एवं विस्तारका लागी सिफारिस गरिरहेको बताउनुभयो । ‘भकुण्डेलाई पर्यटकिय क्षेत्रका रुपमा स्थापित गर्नका लागी पर्यटन तथा नागरिक उड्यन मन्त्री संग कुरा गरिरहेको छु’ उहाले भन्नुभयो ‘एयरपोर्ट सुधारका लागी डेढ करोड सम्म पर्छ भन्ने आशा छ ।’ पौडेलले कालीगण्डकी करिडोर सडक पुर्ण रुपमा सञ्चालनमा आउन थालेपछि मात्र एयरपोर्ट सञ्चालनमा आउन सक्ने सम्भावना रहेको बताउनुभयो ।
पोखरा–बागलुङ राजमार्ग सञ्चालनमा आएपछि बलेवा विमानस्थल बन्द भएको भन्दै पौडेलले एयरपोर्ट सञ्चालनका लागी आफुले बजेट निकासा गराउन पहल गरिरहेको बताउनुभयो । धौलागिरि अञ्चलकै व्यापारिक केन्द्रको रुपमा रहेको बागलुङ बजार, कुश्मा बजार र म्याग्दीको बेनी बजार लगायतका विभिन्न व्यापारिक क्षेत्रको बिचमा अवस्थित एयरपोेर्ट सञ्चालनमा आएपछि स्थानीय स्तरमा आर्थिक विकासमा टेवा पुग्ने पौडेलको भनाई छ ।

Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment