सुवानको कार्यअबधी सकीयो

युवराज कँडेल
असार ३ गते
        बागलङ जिल्लामा बिगत पाच बर्ष देखी मातृ तथा नवजात शिशु स्वास्थ्य  परीयोजना सञ्चालन गर्दै आएको नेपाल लोक कल्याण संघ सुवानको कार्यअबधी सकीएको छ । वनहर्ट ओलवाइडको सहयोग तथा जनस्वास्थ्य कार्यालय बागलुङका समन्वयमा सुत्केरी महिला तथा  नबजात शिशु सम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको थियो ।
  आइतबार बागलुङमा आयोजीत जिल्ला स्तरीय परियोजना सल्लाहाकार समीतीको बैठक तथा समापन कार्यक्रममा  नेपाल लोक कल्याण संघ सुवानले बागलुङ जिल्लामा सञ्चालन गरेका कार्यक्रम र  तिनको अबस्थाका बारेमा जानकारी गराइएको थियो । दुत्रगतीमा बर्थिङ सेन्टरको बिकास, मातृ तथा नवजात शिशु स्वास्थ्य सम्बन्धीको चेतनामा बृद्वी लगाएतका कार्यक्रममा सुवानले सफलता हात पारेको सुवानका कार्यक्रम संयोजक खेम थापाले बताउनुभयो । 
बागलुङ जिल्लामा सुवानकै अगुवाइमा  बर्थिङ सेन्टर  संख्या ३५ पुगेको छ ,जसको कारण जिल्लामा १३ सय ९२ सुरक्षित सुत्केरी भएका छन् भने मातृ मुत्यु सुन्यमा झरेको छ । सबै  बर्थिङ सेन्टरमा  आधारभुत सुबीधाहरु रहेको जनस्वास्थ्यका पब्लीका हेल्थ नर्स हरीकाँशी पालीखेले जानकारी दिनुभयो । उहाका अनुसार एउटा बर्थिङ सेन्टर  स्थापना गर्न ५ देखी ७ लाख सम्म खर्च हुनेगरेको छ । 
गाउगाउमा बर्थिङ सेन्टर  स्थापना भएपछी गाउका महिलाहरुलाइ सहज भएको बृतिबाङकी महिला स्यमसेबीका कमाला रेग्मीको भनाइ रहेको छ ।   बर्थिङ सेन्टरबाट प्रसुती सेवा सुरुभए पछी आमा र बच्चा दुबैको सुरक्षासंगै स्यमसेबीकाहरुलाइ पनी काम गर्न सहज भएको पैयुपाटाकी स्यमसेबीकाको भनाइ रहेको छ । 
जिल्लामा  सुवान संगै वनहर्टले पनी प्रत्यक्ष कार्यक्रम नगर्ने भएपनी  अप्रत्यक्षरुपा स्वास्थ्य क्षेत्रमा निरन्तर सहयोग गर्ने  वनर्हटका कार्यक्रम निर्देशक शुर्यभट्टले जानकारी दिनुभयो । सुवानले स्वास्थ्य क्षेत्रमा जिल्लमा पु¥याएको योगदान महत्वपुर्ण रहेको भन्दै बर्थिङ सेन्टरको जिम्मा जनस्वस्थ्य कार्यालयले लिने र अन्य गाबिसमा पनी बर्थिङ सेन्टरका स्थापना गर्ने अन्यको स्तर बृद्वी गर्ने बरीष्ठ जनस्वास्थ्य प्रसासक मशेश्वर श्रेष्ठले जानकारी दिनु्भयो । कार्यक्रममा सहायका प्रमुख जिल्ला अधिकारी छबिलाल सुबेदी ,राप्रपाका शैलेन्द्र कुमार श्रेष्ठ,धौलागिरी अञ्चल अस्पताल बागलुङका मेडीकल सुपरीटेन्डेन्ट डाक्टर तरुण पौडेल ,नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले सुवानले बागलुङमा पु¥याएको योगदानको कदर गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन जनस्वस्थ्य कार्यालय बागलुङका कार्यक्रम संयोजक चन्द्रमणी कडेलले गर्नुभएको थियो ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment