प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता मैत्री संबिधान जारी गर्न माग

बागलुङ, साउन ६ । नेपाल पत्रकार महासंघ बागलुङ शाखाले जिल्लाबाट संविधानसभामा प्रतिनिधित्व गर्ने सभासदहरुसाग प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामैत्री संविधान जारी गर्न माग गरेको छ ।


संविधानको पहिलो मस्यौदा बारेमा आज आयोजना गरिएको सुझाव संकलन कार्यक्रममा महासंघको तर्फबाट सुझाव सहितको लिखित पत्र बुझाउँदै आगामी संबिधान प्रेसमैत्री बनाउन माग गरेको हो । शाखा अध्यक्ष मुकेशचन्द्र राजभण्डारी नेतृत्वको टोलीले सभासद तथा राजमो अध्यक्ष चित्रबहादुर केसी, सभासद प्रकाश पौडेल, चम्पादेवी खड्का, नरवहादुर थापा, रत्ना शेरचन र केशरी घर्तीलाई छुट्टाछुट्टै सुझाव पत्र बुझाउँदै नेपालको संविधान २०७२ को पहिलो मस्यौदा प्रेसमैत्री नभएकाले पुर्नलेखन गरी पूर्ण प्रेस स्वतन्त्रता सहितको संविधान जारी गर्न माग गरेको हो । 

सुझाव पत्रमा नयाा बन्ने संविधानमा पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेण्टी गर्न र  नयाँ संविधानको मस्यौदामा रहेका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने प्रावधान हटाउन आग्रह गरिएको पत्रकार महासंघ बागलुङका सचिव दिल शिरीषले बताउनुभयो । 

सुझावपत्र बुझ्दै सभासदहरुले प्रारम्भिक मस्यौदाका प्रस्तावना, भाग र धारामा प्रेस स्वतन्त्रतालाई अङ्कुश लगाउने खालका शव्दहरु पर्न गएको महासंघको सुझाव जायज भएकाले त्यसलाई हटाएर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता मैत्री संविधान निर्माणका लागि पहल गर्ने बताएका छन् । पत्रकार महासंघले प्रस्तावनाको १६ औ हरफमा आवधिक निर्वाचनपछि पूर्ण प्रेस स्वतन्त्रता उल्लेख हुनुपर्ने, नेपालको राष्ट्रियता, सार्वभौमसत्ता, अखण्डता वा राष्ट्रिय सुरक्षा वा व्यक्तिको प्रतिष्ठा र मर्यादामा आँच पुर्‍याउन वा अपराध गर्न दुरुत्साहन गर्ने कार्यमा मनासिव प्रतिवन्ध लगाउने कानुन बनाउन रोक लगाएको मानिने छैन । सो कानुन लोकतान्त्रिक मूल्य र मान्यता अनुकुलको हुनुपर्नेछ भन्ने व्यवस्था गर्न महासंघले माग गरेको छ । 

यस्तै धारा ३२ सूचनाका हक अन्र्तगत प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुने बिषयको सूचना माग्ने, प्राप्त गर्ने र प्रवाह गर्ने हक हुनेछ तर यस धाराको व्यवस्थाले सूचनाको हक सम्वन्धि कानुन बमोजिम गोप्य राख्नुपर्ने सूचनाको जानकारी दिन कसैलाई बाध्य पारिने छैन भन्ने प्रावधान राख्ने लगायतका सुझाव महासंघले दिएको छ । 
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment