जल, जमीन, जंगल र जनता

देवबहादुर श्रेष्ठ, 
पृथ्वीमा जल, जमिन, जंगलको आवश्यकता आम जनतालाई र प्राणीलाई छ । हाम्रो देश नेपाल जल, जमीन र जंगलको लागी कुनै समय मा निकै धनी थियो । मानव शरीर पञ्च तत्वले वनेको पक्कै हो र आखिरमा तिनै पञ्च तत्वमा गएर विलिन हुन पुग्दछ । मान्छे सुखसँग बाच्न चाहान्छ । जमिनलाई सही सदुपयोग गरेर उत्पादन गर्न सक्यौ भने देखि नेपाल र नेपाली विश्वको सवैभन्दा सुखी र धनी भएर बाच्न सक्दछन् ।
देवबहादुर श्रेष्ठ

देश धनी छ जनता गरीव छन् यो कुरा सवै जान्ने बुझ्ने नेता देखि सवै नेपालीलाई थाहै भएको कुरा हो । विश्वमा पानीमा धनी मानिने नेपालमा अहिले पनि काठमाडौमा बस्ने राजधानी वासीले पर्याप्त पानी पाउन सकेका छैनन् । मेलम्चीको सपना कुन वेला पुराहुने हो  थाहा छैन । एउटा खानेपानी योजना सम्पन्न गर्न यो सरकारलाई विसौ वर्ष लाग्दछ । यस्तो चालले पानीको समस्या कहिले पुर्तिहोला थाहा छैन । नदी, नाला हिमालको पानी जल विद्युत क्षेत्रमा  उत्पादन गरी सदुपयोग गर्न सकियो भने देशमा उद्योग धन्दाको विकास हुनुको साथै देशले काचुली फेरेर आम जनताको आयस्तरमा बृद्धिभै सुख सम्बृद्धिको शिखरमा पुग्न सक्दछ । आज देशमा सानो ठूलो गरी सयौ जल विद्युत  आयोजना सञ्चालन भैराखेका छन् ।

सुन्नमा आउँछ भुटानले एउटै नदीबाट हजारौ किलोवार्ड विजुली उत्पादन गरेर देशलाई आर्थिक दृष्टिकोणले आफूलाई समपन्न बनाएको छ । जवकी हामीसँग सयौ नदी नाला  झरनाहरु हामीले पाएका छौ । यी सवै नदी नालालाई सिंचाईमा, जल विद्युत, खानेपानीमा पनि उपयोग गर्न सकयौ भने कुनै पनि नेपाली युवालाई विदेश गएर दुख पाउनु पर्ने थिएन । सधै संविधान वनाउने निहुँमा र राजनैतिक प्रकृयामा झै झगडा गर्ने  नेपाली नेताहरुले यतातिर पनि सोच्नुपर्ने अवस्था आएको छ । पानीलाई मानव जीवनमा लाभ हुने गरी सही सदुपयोग गरौ ।

केहि वर्ष अगाडी सम्म नेपाली जमिनमा उत्पादन भएको खाध्यान्न धान चामाल, गहुँ, तोरी, मकै छिमेकी मुलुक भारत र चीनको तिब्बतमा निर्यात हुने गर्दथ्यो । एउटा समय थियो धवलागिरी अञ्चलमा पर्ने मुसताङको थाकखोलामा गएर चामाल संग नुन साटेर आउने गर्दर्थे मानिसहरु । नुन खानी पनि मुस्ताङमा छ र त्यसलाइृ खोजी गर्नु पर्दछ । बढी नुन खानी मुस्ताङमा छ र त्यसलाई खोजी गर्नु पर्दछ । बढी नुन तिब्बतवाट आउने गर्दथ्यो र चामाल तिब्बत पुग्दथ्यो । देश खाद्यान्नमा आत्मनिर्भर थियो ।

अहिले अरवौ रुपैयाँको खाद्यान्न वाहीरी मुलुकवाट आयात गरीन्छ । नेपालको उर्वरा जमिन सवै युवाहरु विदेश गएपछी बाझोमा परिणत भयो । जति उत्पादन हुनु पर्ने हो त्यो हुन सकेको छैन । समतल उब्जाउ हुने राम्रो जमिनमा प्लटिङ गरेर घर घडेरी बनाइृ बेच विखन गर्ने गरिएको छ । आफ्नै देशमा आन्तरिक उत्पादन नवढाउने हो भने कुनै पनी समयमा  देशमा  अनिकाल पर्न गै आम जनता धोक भोकै मर्नाु पर्ने अवस्था आउन सक्दछ । त्यसैले नेपालको उब्जाउ हुने जमिनिमा अन्नवाली, फलफूल  खेती, जडी वुटी जहा जहा जे जे हुन सक्दछ त्यो उत्पादन गर्नु पर्दछ र सरकारले पनि हिमाली क्षेत्र, पहाडी क्षेत्र  र तराई क्षेत्र मा के उत्पादन गर्न सकिन्छ त्यसमा योजनाबद्ध ढंगले लाग्नु जरुरी छ । हामीले भन्ने गर्दथ्यौ हरियो वन नेपालको धन तर आज नेपालको वन वलियाको धन भएको छ । 

ठूलो वन जंगल भएको क्षेत्र नाश भएको छ । वन जंगल सखाप पारेर चुरेभावर क्षेत्रलाई मरुभूमी वनाउन खोजिएको छ । वन सकिएपछि वन क्षेत्र अतिक्रमण गरी बसोबास गर्ने वातावरण गराईएको छ । वन क्षेत्रलाई वनको लागिनै छुट्याइ राख्नु पर्दछ । वर्षाको करोडौ रुपैयाँ वन क्षेत्रमा रोजिने गर्दछ । सामुदायीक वन वनाएपछी उपभोक्ता वर्गले केहि वन क्षेत्रको संरक्षण र विकास पनि गरेको छ । जसले गर्दा केही मात्रामा भएपनि वन क्षेत्रको संरक्षण भएको छ । त्यस्तै सरकारी नियन्त्रणमा रहेकाुे वन क्षेत्रलाई पनि राम्रो संरक्षण गर्नु पर्ने आवश्यकता देखिन्छ ।

जल जमिन र जंगलनै नेपाल र नेपालीको समपति हो । यिनै प्रकृतिक सम्पदा र भुभागवाट हामीले देशको उन्नती प्रगती गर्न सक्दछौ । हामीले जानेसम्म देशमा प्रजातन्त्र आएपछि २००७ साल यता कुनै पनि सरकारले ५ वर्ष लगातार काम गर्न सकेको छैन, पञ्चायतीकालले ३० वर्ष शासन गर्‍यो । तर त्यहा पनि राजाको चलखेलमा प्रधानमन्त्री फेरिने काम भयो । प्रजातन्त्रको पुनीथापना भएपछि पनि कुनै पनि सरकारले पुरा अवधी काम गर्न सकेन । अहिले देशमा प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र आईसकेर पनि देशले विकासको गती लिन सकेको छैन । युवाहरुको विदेश  जाने लहर रोकिएको छैन । लाखौ युवाहरुले पसिना बगाएर ल्याएको रकमले यहाँको जनताले हात मुख जोड्नु पर्ने भएको छ । हाम्रो  देशमा रहेको जल, जमिन  जंगललाई सहीरुपमा सदुपयोग गर्न सक्यौ भने युवाहरु विदेशिनु पर्दैन । आफ्नै परिवार संग वसेर विदेशिमा जस्तै अनुशासित भएर देशलाई माया गर्ने हो भने  यो देशलाई स्वर्ग बनाउन सकिन्छ ।

सरकारमा जाने जनप्रतिनिधिहरुले वर्षेनी खर्च हुने अरबौ खरबौ  बजेट सही ठाउमा सदुपयोग गर्नु पर्‍यो । युवासक्तीलाई देशभित्रनै रोजगारीको अवसर दिलाउनु पर्‍यो । अव देशलाई चाहिने नचाहिने नारावाजीमा लगाउनुको सट्टा आम जनताको आर्थिक उन्नतीको लागि सरकारले जल, जमिन र जंगलको सहि उपयोग गरी आमजनताको आयस्रोत बृद्धि गर्ने काममा ध्यान दिनु जरुरी छ ।      
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment