१० जना कृषकलाई पहिलो चरणको कृषक परिचय पत्र वितरण

रबिना बोहरा
बागलुङ, १६ असार
      जिल्ला कृषि विकास कार्यालय बागलुङले पहिलो चरणको कृषक परिचय पत्र वितरण कार्यक्रम अन्तर्गत १० जना कृषकहरुलाई परिचय पत्र वितरण गरिएको छ ।

      पहिलो चरणको कृषक परिचय पत्र वितरण कार्यक्रममा पैयुथंथाप गाविस २ का गंगाबहादुर थापालाई मझौला बर्गका आधारमा परिचय पत्र वितरण गरि कार्यालयले अन्य कृषकहरुलाई पनि परिचय पत्र वितरण गरेको थियो । कार्यालयले यहि असार मसान्तसम्म ९ हजार ८ सय कृषकहरुलाई परिचय पत्र वितरण गर्ने कार्यक्रममा पहिलो चरणमा १० जनालाई वितरण गरिएको हो । नेपाल सरकारले ल्याएको कृषि नीति अनुसार बागलुङमा पनि पहिलो चरण गरी किसानलाई परिचय पत्र दिन थालिएको हो ।

      बरिष्ठ जिल्ला कृषि विकास अधिकृत विनोद हमालका अनुसार पहिलो चरणमा कृषि समुह, व्यवसायी कृषि फर्म, कृषि तथा पशुपालक सहकारीमा आवद्ध कृषकलाई वितरण गरिएको बताउनुभयो । पहिलो चरणमा १० जनालाई वितरण गरिएको भन्दै उहाले बागलुङका ६ वटा सेवा केन्द्र र ३ वटा कृषि सम्पर्क स्थलबाट परिचय पत्र वितरण गर्ने कार्य जारी रहेको बताउनुभयो । कृषक परिचय पत्र वितरण गरेपछि सरकारबाट दिने अनुदान बास्तविक कृषकले पाउने छन् ।

      दोस्रो चरणको कार्यक्रम अन्तर्गत जिल्लामा भएका विभिन्न ५० हजार कृषकलाई नै परिचय पत्र दिने कार्यालयले बताएको छ । कार्यालयका अनुसार ५ हेक्टर भन्दा माथिका किसानलाई ठुला किसान, ५ हेक्टर सम्मका मध्यम किसान र ०.३ हेक्टर भन्दा कम भएका साना किसान छनोट गरी परिचय पत्र वितरण गरिएको छ ।

नेपाल सरकारले ल्याएको कृषि निती बमोजिम यस बर्षमा देशका पाच विकास क्षेत्रबाट ५ वटा जिल्ला छनौट गरि किसानहरुलाई परिचय पत्र वितरण गर्न थालिएको हो । यसरी छनौट हुने जिल्ला बागलुङ पनि भएकाले जिल्लामा यो अभियान सञ्चालन गरिएको जिल्ला कृषि विकास कार्यालय बागलुङले जनाएको छ । नेपालमा पहिलो पटक सुरु भएको कार्यक्रम अन्तर्गत पश्चिमाञ्चलमा बागलुङ, पुर्वाञ्चलमा धनकुटा, मध्यमाध्चलमा बारा, मध्यपश्चिमाञ्चलमा बाँके र सुदुरपश्चिमाञ्चलमा डडेलधुरा छनोट गरी कृषक परिचय पत्र वितरण भैरहेको छ ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment