पहिरोमा पुरिएर एकको मृत्यु

बागलुङ, १४ साउन । बागलुङको रायडााडामा पहिरोमा पुरिएर एक बृद्धको मृत्यु भएको छ । बुधबार रातीदेखि परेको वर्षासागै आएको पहिरोमा पुरिएर रायडााडा गाविस वडा नम्बर आठका ८५ वर्षीय कलाथर थापाको मृत्यु भएको हो । बिहान करिब ३ बजेको समयमा घर माथिबाट आएको पहिरोमा पुरिएर वेपत्ता भएका थापाको शव प्रहरी र स्थानीयवासीले निकालेका थिए ।

यस्तै पहिरोका कारण सोही ठाउाका खेमबहादुर थापाको घर जोखिममा परेको छ । घर जोखिममा परेपछि थापाको ५ जनाको परिवार छिमेकीको घरमा आश्रय लिएर बसेका छन् । पहिरोकै कारण पोखरा–बागलुङ राजमार्ग अवरुद्ध बनेको बागलुङका प्रहरी प्रमुख प्रेमबहादुर बस्नेतले जानकारी दिनुभयो । 

वर्षाका कारण भुकम्पले चर्किएको पर्वतको तिलाहार गाविस स्थित मौरीभिरमा पहिरो जाादा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । रातीदेखिनै अवरुद्ध बनेको सडक खुलाउनका लागि पहल भैरहेको छ । सडक अवरुद्ध हुादा धौलागिरि अञ्चलका बागलुङ, म्याग्दी र पर्वतबाट छुटेका लामो तथा छोटो दुरीका सवारीका साधनहरु ठाउाठाउामा अलपत्र परेका छन् । सडक खुलाउनका लागि पहल भैरहेको प्रहरीले जनाएको छ । वर्षाका कारण धौलागिरिका अधिकांश ग्रामिण सडकहरु पनि बन्द भएका छन् ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment