सहकारी लेखापालन तालिम सुरु

बागलुङ, जेठ ३२ । ‘इमान्दारीता र पारदर्शिता, सहकारीको अपरिहार्यता’ भन्ने मुल नाराका साथ आईतबारबाट सहभागीतामुलक सहकारी लेखापालन तालिम बागलुङमा सुरु भएको छ । डिभिजन सहकारी कार्यालय बागलुङ र जिल्ला सहकारी संघको संयुक्त आयोजनामा आईतबारबाट तालिम सुरु भएको हो । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलले तालिम लिने र दिने मात्र नभई दिगोपनामा पनि ध्यान दिनुपर्ने भन्दै तालिम लिनका लागि इच्छा शक्तिको आवश्यकता रहेको बताउनुभयो । 

उहाँले लेखापालन सम्बन्धि तालिमले भविष्यमा ठुलो भुमिका निर्वाह गर्ने भन्दै सिकेका कुरालाई व्यवहारमा उतार्न आग्रह गर्नुभएको थियो । व्यक्तिगत जिवनलाई मात्र नभई सामाजिक एवं शैक्षिक स्तरको बृद्धिका लागि पनि तालिम महत्वपुर्ण रहेकाले व्यवहार र सिपमा परिवर्तन गर्नुपर्ने पौडेलको भनाई थियो । 
६ दिने तालिममा डिभिजन सहकारी कार्यालय बागलुङका प्रमुख बिष्णुप्रसाद शर्मा, सहकारी निरिक्षक दिलबहादुर केसी, श्रीराम पौडेल, होमनाथ शर्मा ढकाल, सोमाकान्त शर्माले सहजिकरण गर्नुहुने भएको छ । कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक एवं जिल्ला सहकारी संघका निवर्तमान अध्यक्ष रामबहादुर जि.सी., जिल्ला सहकारी संघका वर्तमान अध्यक्ष दिपक गौतम, बचत तथा ऋण संघका अध्यक्ष चण्डीप्रसाद शर्माले बोल्नुभएको थियो । 

कार्यक्रम डिभिजन सहकारी कार्यालय बागलुङका प्रमुख शर्माको अध्यक्षता, उपाध्यक्ष अशोक गोविन्द राजभण्डारीको स्वागत मन्तव्य र सचिव युक्तप्रसाद कँडेलको सञ्चालनमा सम्पन्न भएको थियो । २७ जनाको सहभागीता रहेको तालिममा सहकारी संघ संस्थाका सञ्चालक एवं कर्मचारीहरु रहेका छन् ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment