बैसरीका पहिरो पीडितहरुलाई प्रवासी बागलुङ्गेको सहयोग

बागलुङ, जेठ २७ । पहिरोले पुरै बस्ती पुरिएपछि घरबार बिहीन भएका म्याग्दी राम्चे र भगवती गाविसको बैसरी बजारका बासिन्दालाई प्रवासमा रहेका बागलुङका एक युवाले आर्थिक सहयोग गरेका छन् । मलेसीयाको एटलास आइस सिंगाइवेसी कम्पनीमा कार्यरत रेश गाविस वडा  नं. २ का होमबहादुर थापाले आफ्नै कम्पनीमा कार्यरत अन्य साथीहरुसंग रकम संकलन गरी पहिरो पीडितलाई हस्तान्तरण गर्नुभएको थियो । 
केही समय अगाडिमात्र मलेसियाबाट स्वदेश फर्कनुभएका थापाले सोमबार पहिरोबाट विस्थापित बनेर बेनी–मुस्ताङ सडक खण्ड अन्तरगत खुल्ला चउरमा अस्थायी बसोवास गरेकाहरु समक्ष पुगेर राहत रकम हस्तान्तरण गर्नुभएको थियो । नेपालमा भुकम्पले ठूलो क्षती पुराएपछि आफ्नै कम्पनीमा कार्यरत बंगलादेशी नागरिक अफ्ताव, जया बोहरा, भुवन, तिलक र किसान लगायतका साथीसंगबा
ट केही रकम जम्मा गरी बैसरीका पहिरो पीडितलाई हस्तान्तरण गरेको थापाले बताउनुभयो । बैसरीको पहिरोबाट २६ घरहरु पुरिएपनि क्षतीका हिसावले स्थानीय प्रशासनले तय गरेको ‘क’ र ‘ख’ वर्गका १८ घरधुरी मध्य एकल महिला घरमुली भएको परिवारलाई ५–५ हजार र अन्यलाई ४–४ हजार रुपैयाँका दरले नगद रकम हस्तान्तरण गरिएको थियो ।
पहिरो स्थलमा पुगेर हेर्दा पीडितहरुको अवस्था दर्दनाक देखिएको थापाले बताउनुभयो । ‘आफ्नो घर कहाँनेर थियो भन्ने समेत पत्ता नलाग्नेगरी पहिरोले बजारनै पुरेछ । यस्तो अवस्थामा परेकाहरुलाई सहयोग गर्नु आम नेपालीको कर्तव्य हो ।’ थापाले भन्नुभयो । आफू विदेशमा भएपनि नेपालको अवस्थाका बारेमा आफ्ना बाबु आमा नरबहादुर थापा र तारादेवी थापाले नियमित जानकारी गराएपछि उहांहरुकै सल्लाह अनुसार राहत रकम वितरण गरिएको थापाले बताउनुभयो । थापा स्थानीय हरिलाल थापा, गोपाल थापा, धनबहादुर थापालाई लिएर पहिरो पीडितको अस्थायी घरटहरासम्म पुग्नुभएको थियो ।
जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर केसीले पहिरो पीडितका लागि सहयोग आउनेक्रम जारी रहेको उल्लेख गर्दै पीडितहरुलाई नगद सहयोग गर्न आग्रह गर्नुभएको थियो । पीडितका लागि आएको राहत सामाग्रीहरु अब प्रयाप्त मात्रामा हुने भएकाले तत्कालिन अवस्थामा पारिवारिक व्यवस्थापन गर्नकालागि पीडितलाई नगदको आवश्यकता रहेको बताउनुभयो ।
पहिरोबाट पीडित बनेकाहरुले आएको राहत र सरकारसंग आफ्नो व्यवस्थापनका लागि माग राख्न सहज होस भन्ने उद्देश्यले बैसरी पहिरो पीडित समिति समेत गठन गरेका छन् । समितिका अध्यक्ष भीमबहादुर कार्कीले आफ्नो दु:खको बेलामा साथ दिन आउनेहरुलाई धन्यवाद दिनुभयो । बैसरी बजार मानिसहरुको आवातजावतका हिसावले बढी चलहपहल हुने ठाउँ भएकाले प्राय घरहरुमा होटल तथा पसलहरु सञ्चालन भएको उल्लेख गर्दै कार्कीले ति सबै सामाग्रीहरु पहिरोले पुरेर नष्ट पारेको बताउनुभयो ।
उक्त बजारमा रहेका २६ घर मध्य एउटा पक्की घर र अरु सामान्य घरहरु रहेका थिए । अध्यक्ष कार्कीले आफूहरुलाई पुन:स्थापनाका लागि जिल्ला प्रशासनले पहल गरेको उल्लेख गर्दे आफूहरुसंग अन्य सिप नभएकाले होटल व्यवसाय सञ्चालन गर्न सक्ने ठाउंमा व्यवस्थापन गरिदिन समेत माग गर्नुभयो ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment