नापी कार्यालय बागलुङले गुनासो सुन्यो

धौलागिरि जागरण सम्वाददाता
बागलुङ २२ जेठ । जवाफदेहिताको लागि असल छिमेकी नेपालले जिल्लाको नापी कार्यालय बागलुङमा बिहिवार गुनासो सुन्ने कार्यक्रम सम्पन्न गरेको छ । जनताको काममा प्रत्यक्ष सरोकार राख्ने सरकारी कार्यालयमा पुगेर गुनासो सुन्दै आगामी दिनमा सेवा प्रवाहलाइ प्रभावकारी बनाउने र जनताको पहुँचमा पु¥याउन के गर्न सकिन्छ भन्ने लक्षले उक्त कार्यक्रम गरिएको कार्यक्रम अधिकृत गीता श्रीषले बताउनुभयो । 
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल भ्रष्ट्राचार विरुद्धको सहकार्य अन्र्तगत असल छिमेकीले बिहिवार कार्यालयमा सेवाग्राहीको गुनासो सुनेको थियो । नक्साहरु पुराना भएकोले जनताले सजिलै सेवा पाउन नसकेको, घाम लागेमा मात्र नक्सा बनाउन सकिने भएकोले पानी परेको दिनमा कामै नभएको तथा तोकिएको शुल्क भन्दा धेरै लिएर मात्र प्राविधिकले नक्सा बनाइदिने लगायतका गुनासा उक्त अवसरमा आएका सेवाग्राहीले गर्नुभएको थियो । 
नेपालको प्रशासनलाइ सुधार गर्नका लागि आवस्यक सुझाव संकलन गर्ने तथा नागरिकस“ग प्रत्यक्ष सरोकार राख्ने कार्यालयहरुमा गुनासो सुनेर प्रशासनको सहकार्यमा सुधार गर्दै लैजाने कार्यक्रम रहेको असल छिमेकी नेपालका कोषाध्यक्ष लक्ष्मी बा“स्कोटाले बताउनुभयो । असल छिमेकीले यसअघि जिल्ला प्रशासन कार्यालय र मालपोत कार्यालयमा यस्तो गुनासो सुन्ने काम गरिसकेको छ भने जिल्लाका सरकारी तथा गैर सरकारी कार्यालयका सूचना अधिकारीस“ग छलफल गरेर सेवालाइ चुस्त बनाउन आग्रह पनि गरिसकेको छ ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment