कार्यालय सहयोगीको भरमा सेवा केन्द्र

बागलुङ, जेठ २९ । जिल्लाको छिस्ती बेलबगरमा रहेको पशुसेवा केन्द्र विगत दुई महिनादेखि प्राविधिक वीहिन बनेको छ । राष्ट्रिय योजना आयोगका प्राविधिक गणेश रिजाल कार्यअवधी सकिएर गएपछि केन्द्र प्राविधिक बिहिन बनेको हो । प्राविधिक वीहिन हुँदा छिस्ती, जैदी, राङ्खानी लगायतका बासिन्दा सेवाबाट प्रभावित भएका छन् । 
एक जना पशु प्राविधिक र एक जना कार्यालय सहयोगीको दरबन्दी रहेको सो केन्द्रमा विगत २ महिनादेखि कार्यालय सहयोगीले कार्यालय सञ्चालन गर्दै आएका छन् । जिल्ला पशु सेवा कार्यालय वागलुङका प्रमुख डाक्टर गोपाल गिरिले केन्द्र प्राविधिक विहिन भएको स्वीकार गर्दै जनशक्ति अभाव भएकाले तत्काल केन्द्रमा प्राविधिक पठाउन सक्ने अवस्था नरहेको बताउनुभयो । उहाँले आगामी साउन १ गतेदेखी नियमित रुपमा प्राविधिक खटाउने गरी तयारी गरिएको जानकारी दिनुभयो । 
जिल्ला पशुसेवा कार्यालय बागलुङका अनुसार जिल्लाका विभिन्न केन्द्रमा गरि ९ जना कर्मचारीको पदपुर्ति हुन सकिरहेको छैन् । ३ वटा ‘क’ वर्गका सेवा केन्द्र र ११ वटा ‘ख’ वर्गका सेवा केन्द्रमा ४६ जनाको दरबन्दी रहेपनि ३७ जना कर्मचारी मात्र कार्यरत रहेका छन् ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment