उत्पीडित दलित सञ्जालको अध्यक्षमाः बोहोरा

बागलुङ, जेठ २२ । उत्पीडित दलित समुदायको सञ्जालको आठौ“ अधिबेशनबाट टकबहादुर बोहोराको अध्यक्षतामा २१ सदस्यीय नया कार्य समिति चयन भएको छ । समितिको उपाध्यक्षमा सुरेन्द्र बोहोरा, महासचिवमा सीताराम रसाइली, सचिवमा सुनिता विक र कोषाध्यक्षमा भक्तबहादुर विक रहनुभएको छ । 
समितिको सदस्यमा रेशम गोतामे, ओमबहादुर सुनार, कुविर विक, रामनाथ विक, रनसिंह बोहोरा, भीमबहादुर विक, बुद्धिमाया बोसेल, बिष्णु विक, पम्फा किसान, हरिकला विक, अशोक विक, बिष्णु विक लगायत रहनुभएको छ । शुक्रबार नवनिर्वाचित कार्यसमितिको नामावली घोषणा कार्यक्रमको आयोजना गरि नवनिर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई सपथ खुवाइएको थियो । 
कार्यक्रममा बोल्दै राष्ट्रिय दलित आयोगका पुर्व
टकबहादुर बोहोरा
सदस्य गोविन्द नेपालीले राज्यको इच्छा शक्ति, कानुनको शासन, दलितहरुको सवालहरुको पहिचान, स्तरीकरण र दीर्घकालिक योजना तयार गर्नुपर्ने भन्दै भेदभावप्रति प्रभावकारी कानुनको व्यवस्था गर्नुपर्ने बताउनुभयो । सञ्जालका सल्लाहकार तथा अधिबक्ता यामबहादुर चर्मकारको अध्यक्षता र धनबहादुर परियारको सञ्चालनमा सम्पन्न कार्यक्रममा ओक विकले बोल्नुभएको थियो ।

Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment