रोनाल्डो बालोन डि’ओरको हकदार होइनन् : जाभी

बार्सिलोना । बार्सिलोनाका पूर्व कप्तान जाभीले गत वर्ष क्रिष्टियानो रोनाल्डोलाई बालोन डि’ओरको हकदार नभएको दाबी गरेका छन् । लिओनल मेस्सीलाई पछि पार्दै रियल मड्रिडका रोनाल्डोले लगातार दोस्रो पटक र करियरको तेस्रो बालोन डि’ओरको उपाधि जितेका थिए । तर, जाभीले भने रोनाल्डो उक्त अवार्डका लागि हकदार नभएको बताएका छन् ।

बार्सिलोनामा तीन उपाधि जितेपछि कतार आएका उनले भने-‘यदि यो उत्कृष्ट खेलाडीलाई दिने हो भने मेस्सीले जित्नेछ । होइन, यो वर्षको उत्कृष्ट फुटबलरलाई दिने हो भने जर्मनको कुनै खेलाडीले पाउनुपर्थ्यो ।’ उनले जर्मनले विश्वकप जितेको बेला कसरी रोनाल्डो उत्कृष्ट फुटबलर बने भनेर प्रश्न गरेका छन् । उनले भने-‘यदि हामी उत्कृष्ट खेलाडीलाई भोट गर्छौं भने त्यो मेस्सी हुन् । कसैल अरु भन्छन्, भने रोनाल्डोको टीममेटले मात्र भन्छन् ।’

बार्सिलोनाले च्याम्पियन्स लिग, ला लिगा र कोपा डल रे जितेर दोस्रो पटक ट्रेबलको कीर्तिमान बनाएको छ । यससँगै बार्सिलोनामा १७ वर्ष लामो करियर अन्त्य गर्दै जाभी बार्सिलोना छाडेर कतार आएका छन् । उनले मेस्सी, नेयमार र स्वरेजले अर्को सिजन पनि नयाँ इतिहास बनाउने दाबी गरे । यो सिजन बार्सिलोनाको उत्कृष्ट फवार्ड लाइनमा रहेका तीन खेलाडीले कीर्तिमानी १२२ गोल गरेका छन् ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment