बागलुङ बजारका पसल अनुगमन

बागलुङ, जेठ २८ । जिल्ला प्रशासन, राष्ट्रिय उपभोक्ता मञ्च र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले बागलुङ सदरमुकामका व्यापारिक पसलमा अनुगमन शुरु गरेको छ । व्यापारीले बिक्री गर्ने सामान उपभोक्ताको हितमा भए नभएको बारे जानकारी लिनका लागि सहायक प्रमुख जिल्ला अधिकारी छविलाल सुवेदी, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठ लगायतको टोलीले बजारको किराना पसलमा अनुगमन गरेको थियो । 

अनुगमन टोलीले बजारका २६ वटा पसलमा उपभोक्ताले दैनिक प्रयोग गर्ने उपभोग्य सामानको जाँच गर्दा केही पसलमा उपभोग गर्न नमिल्ने वस्तु फेला परेकाले त्यस्ता वस्तु बिक्री वितरण नगर्न चेतावनी दिएको सहायक प्रमुख जिल्ला अधिकारी छविलाल सुवेदीले बताउनुभयो ।

नियमित रुपमा बजार अनुगमन गर्ने कार्यक्रम भएपनि बागलुङमा भएको संविधानसभा उपनिर्वाचन र बैशाख १२ गते देखि गएको महाभुकम्पका का
रण अनुगमनमा ढिलाई भएको, व्यापारीले म्याद नाघेका सामान समेत फिर्ता गर्न नभ्याएको सुवेदीले बताउनुभयो ।

राष्ट्रिय उपभोक्ता मञ्च सधैं उपभोक्ताको हकहितमा काम गरिरहेको र अहिलेको अनुगमन पनि बागलुङमा उपभोक्ताको हितका लागि भएको अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठले बताउनुभयो । उपभोक्ताको जीवन माथि खेलवाड गर्ने कसैलाई नछाड्ने, व्यापारी इमान्दार भएर राम्रो सामान बिक्री गर्नुपर्ने श्रेष्ठले बताउनुभयो । उपभोक्ता प्रहरी प्रशासनले बजार अनुगमन शुरु गरेको र अब देखि नियमित हुने उहाँको भनाई छ ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment