प्रवासी नेपाली संघद्वारा एमाले बागलुङलाई रकम हस्तान्तरण

बागलुङ/ प्रवासी नेपाली संघ भारत तामिलनाडु पाण्डीचेरीले बागलुङका भुकम्प पिडीतलाई राहत होस भन्ने उद्देश्यले १ लाख बढी राहत रकम प्रदान गरेका छन् ।
संघले बागलुङमा नेकपा एमालेले शुरु गरेको भुकम्प पीडितहरुका लागि राहत तथा पुनःनिर्माणको अभियानलाई साथ दिदै रकम हस्तान्तरण गरेको प्रवासी नेपाली संघले जनाएको छ । संघले संकलन गरेको एक लाख १५ हजार रुपैया“ एक कार्यक्रमका बीच मंगलबार नेकपा एमाले बागलुङका अध्यक्ष श्रीप्रसाद शर्मालाई हस्तान्तरण गरिएको थियो ।
प्रवासी नेपाली संघ भारतका अध्यक्ष कृष्ण पोख्रेलले पिडीतलाई भौतिक, नैतिक एवं आर्थिक सहयोग गर्नु सबैको कर्तव्य भएको भन्दै आफुहरुले हस्तान्तरण गरेको रकमलाई वास्तविक भुकम्प पिडित समक्ष पु¥याउन आग्रह गर्नुभयो । संघले बागलुङसंगै पर्वत जिल्लाका भुकम्प पीडितहरुलाई समेत १ लाख १५ हजार रुपैया“ सहयोग गरिसकेको छ ।
संघले संयुक्त राज्य समितिको तर्फबाट भावनात्मक सहयोग स्वरुप राहत हस्तान्तरण गरेको प्रवासी नेपाली संघ भारतका केन्द्रीय सचिव कृष्ण पालुवाले बताउनुभयो । भारतमा रहेका प्रवासी नेपालीहरुले आफ्नो तलबबाट केही रकम उठाएर भुकम्प पिडितलाई सहयोग गरेका हुन् ।
करिब ३० लाख नेपालीहरु अन्य मुलुकमा रहेको समाचार बेला बेलामा प्रकाशन एवं प्रशारण भैरह“दा भारतमा रहेका नेपालीहरुलाई राज्यले पनि नखोज्ने गरेको भन्दै प्रवासी नेपालीहरुले दुःख व्यक्त गरेका छन् । भारतमा रहेका नेपालीहरुले फोनको माध्यमबाट ७ हजारदेखि २५ हजारसम्म सहयोग गर्दा विपतमा परेका नेपालीहरुलाई सहयोग गर्न पाएको कृष्ण पालुवाले बताउनुभयो ।
आफुहरु नेपालमा नभएतापनि नेपाललाई पर्ने समस्या, आन्दोलन एवं पिडामा सबै एकजुट भएर लाग्ने हु“दा राज्यले पनि प्रवासी नेपालीहरुलाई ध्यान दिनुपर्ने उनीहरुको भनाई थियो ।
नेकपा एमाले बागलुङले संघले दिएको राहतलाई बास्तविक भुकम्प पिडित समक्ष पु¥याउने प्रतिबद्धता व्यक्त गरेको छ । कार्यक्रममा नेकपा एमालेका बैकल्पिक केन्द्रीय सदस्य मनकुमारी केसी, गोविन्द नेपाली, जिल्ला अध्यक्ष श्रीप्रसाद शर्मा लगायतले बोल्नुभएको थियो । कार्यक्रम प्रवासी नेपाली संघका अध्यक्ष पोख्रेलको अध्यक्षता र केन्द्रीय लेखा निरीक्षण समितिका प्रमुख टेकनारायण पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment