लान्छना तथा भेदभाव सम्बन्धी तालिम

बागलुङ, जेठ ३२ । धौलागिरी पोजेटिभ समुह बागलुङको आयोजनामा आईतबार बागलुङ स्थित सुर्यदल गण र २३ नं. बाहिनीमा कार्यरत सेनाका जवानहरुलाई लान्छना तथा भेदभाव सम्बन्धी तालिम प्रदान गरिएको छ । समाजमा एचआईभी संक्रमितहरु कोही कसैबाट पनि भेदभाव लान्छनामा नपरुन भन्ने उद्देश्यका साथ हरेक वर्ग तथा समुदायलाई सचेत गराउनका लागि तालिम सञ्चालन गरिएको हो ।
नेपाली सेनाले पनि राज्यको हरेक क्षेत्रमा उत्तरदायी भुमिका खेल्ने हुँदा उनीहरुले पनि समाजमा हुने लान्छना तथा भेदभावका क्रियाकलापहरुलाई कम गर्नका लागि समाजमा सचेतना फैलाउने काममा निकै महत्व पुर्ण भुमिका हुने भएकोले तालिम सञ्चालन गरिएको धौलागिरी पोजेटिभ समुहका कार्यक्रम संयोजक प्रेम सुवेदीले बताउनुभयो । 

करिब ४० जना सेनाका जवानहरु सहभागि रहेका तालिमको अवसरमा सुर्यदल गणका सह–सेनानी अमृत खत्री, सुवास पौडेल, जम्दार केदारप्रसाद पौडेल लगायतले  संस्थाले एचआईभिको क्षेत्रमा निकै प्रशंसनीय कार्य गरेकोमा धन्यबाद व्यक्त गर्नुभएको थियो । उक्त तालिमको सहजीकरण कार्यक्रम सञ्योजक प्रेम सुवेदी, सिएचविसी टिम लिडर लक्ष्मी कुमाल, सामाजिक परिचालक रामचन्द्र आचार्यले गर्नुभएको थियो । कार्यक्रमको संचालन एमआईएस असिष्टेण्ट गंगा शर्माले गर्नुभएको थियो ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment