भुकम्प पीडितलाई व्याम्बोको राहत

बागलुङ, जेठ २७ । बागलुङ बजारका दुई रेष्टुरेन्ट व्यवसायीले भुकम्प पीडितहरुका लागि राहत रकम संकलन गरेका छन् । बागलुङ बजारमा सञ्चालित ब्याम्बो रेष्टुरेन्टका सञ्चालक रामबहादुर खड्का (रमेश) र टिकाराम थापा (महेन्द्र)ले रेष्टुरेन्टमा आउने ग्राहकले तिरेको बिलको ५ प्रतिशत रकम राहत संकलनका लागि राखिएको बाकसमा राख्दै आएका थिए । जेठको पहिलो सातादेखि शुरु गरिएको यो अभियानमा ३० हजार १० रुपैयाँ संकलन भएको थियो ।
बेम्बो रेष्टुरेन्टका सञ्चालकद्धय
संकलन भएको रकम बागलुङका प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेल लगायत पत्रकारहरुको रोहवरमा जम्मा गरिएको थियो । कार्यक्रममा बोल्दै टिकाराम थापाले संकलित रकम बाहेक पनि केही रकम थप गरि जिल्लाको अति विपन्न भुकम्प पीडितको घर बनाउन सह्योग गर्ने बताउनुभयो । संकलित रकम जात, धर्म र राजनीतिक पहुंचको भरमा नभई अति विपन्न वास्तविक भुकम्प पीडितको घर बनाउन प्रयोग गर्ने भन्दै त्यसको लागि जिल्ला प्रशासन कार्यालयले सहजिकरण गरिदिन आग्रह गर्नुभयो । 
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलले ब्याम्बो रेष्टुरेन्ट सञ्चालक थापा र खड्काले समाज प्रति उत्तरदायी भएर गरेको सो कार्य सह्रानीय भएको बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले मंतव्य व्यक्त गर्नु भएको थियो । राहात रकम यही जेठ ५ गते देखि सकलन गरिएको थियो । कार्यक्रमको सञ्चालन एडभोकेसी फोरमका सञ्चालक राम शर्माले गर्नु भएको थियो । 
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment