‘भोजपुरी भाषा साहित्यको लोकप्रियता बढ्दो’

काठमाडौँ, जेठ २२ गते । नेपालमा भोजपुरी भाषा साहित्यको लोकप्रियता बढ्दै गएको र त्यसको उत्थान गर्नुपर्ने सुझाव सरोकार भएकाहरुले दिनुभएको छ । भोजपुरी भाषाका आदिकवि सन्त कविरको ६१६औँ जन्मजयन्ती तथा भोजपुरी दिवसका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान तथा नेपाल भोजपुरी समाजद्वारा आज आयोजित कार्यक्रममा उहाँहरुले भोजपुरी भाषाका महान् कवि सन्त कविर बहुभाषाका ज्ञाता तथा आध्यात्मिक चिन्तक रहेको बताउँदै नेपालमा ठूलो जनसङ्ख्याले बोल्ने तेस्रो भाषा ९७।३५ प्रतिशत० भोजपुरी भए पनि त्यसको विकास हुन नसकेमा चिन्ता व्यक्त गर्नुभयो । 
प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले प्रतिष्ठानले अहिले नेपालका १२३ भाषाको संरक्षण गर्ने नीति लिएको र भोजपुरी व्याकरण प्रकाशन गर्ने क्रममा रहेको जानकारी दिनुभयो । प्रतिष्ठानका सदस्य–सचिव प्रा डा जीवेन्द्रदेव गिरीले भारोपेली परिवारमा पर्ने भोजपुरी भाषाको अध्ययनअध्यापन भारतका अनेकौँ प्रान्तमा उच्चमाध्यमिक शिक्षा परिषद् र विश्वविद्यालयस्तरमा हुने गरेको बताउनुभयो ।
कार्यक्रम आयोजक संस्था नेपाल भोजपुरी समाजका अध्यक्ष भउचप्रसाद यादव र त्रिवि हिन्दी केन्द्रीय विभागका प्रमुख डा श्वेता दीप्तिले ‘नेपालमा भोजपुरीको इतिहास र वर्तमान अवस्था’ विषयमा फरक फरक कार्यपत्र प्रस्तुत गर्दै भोजपुरी भाषाको सरलता र मिठासका कारण यसको लोकप्रियता विश्वमा बढ्दै गएको र विद्यालय तथा विश्वविद्यालयमा समेत पठनपाठन सुरु भएको जानकारी दिनुभयो ।
सन्त गुरु सात्विकले कविर मानवतावादी पुजारी भएको र उनले जातीय विभेदको अन्त्य तथा हिन्दू मुसलमानबीच समन्वय गरी सद्भाव कायम राख्न भूमिका निर्वाह गरेको विचार व्यक्त गर्दै भोजपुरी साहित्यको विकासका लागि लगानी वृद्धि गर्न माग गर्नुभयो । रासस
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment