आयुर्वेद तालिम सम्पन्न

बागलुङ, असार १  सरसफाई सचेतना र जनस्वास्थ्य प्रबद्धन सम्बन्धि एक दिने आयुर्वेद तालिम मंगलबार बागलुङमा सम्पन्न भएको छ ।
       स्वास्थ्य रक्षाको लागी क्रियाशिल आयुर्वेद समाज बागलुङको आयोजना र बागलुङ नगरपालिका कार्यालयको सहयोगमा वानपा ७ कालिमाटीमा तालिम सम्पन्न भएको हो । स्वास्थ्य रक्षाको लागी क्रियाशिल आयुर्वेद समाजका अध्यक्ष रमाकान्त सापकोटाले तालिममा सहजिकरण गर्नुभएको थियो । तालिममा ऋतु परिवर्तन हुदा अपनाउनु पर्ने आहार विहारको  बारेमा जानकारी दिदै सामान्य रोगको बिषय र स्थानिय जडिबुटी संरक्षणको बिषयमा पनि विशेष छलफल भएको थियो । आयुर्वेद औषधीले मानव स्वास्थ्यमा नकरात्मक असर नपार्ने हुदा आयुर्वेद औषधीको सम्बद्र्धन एवं सदुपयोग गर्नुपर्ने कार्यक्रमका सहभागीले बताएका थिए ।एक दिने तालिम टोल संस्थाका प्रमुख एवं प्रतिनीधि र स्थानीय कृषकहरुलाई दिईएको थियो । कार्यक्रममा बागलुङ नगरपालिका वडा नम्बर ७ का वडा सचिव िहराबहादुर केसी, सामाजिक परिचालक सविता कडेल पौडेल, वानपा प्रतिनीधि जंगबहादुर केसी, समाजसेवी हिमालयप्रसाद पन्त, सहभागीको तर्फबाट नरबहादुर विक, कुशुम शर्मा, प्रशिक्षक रमाकान्त सापकोटाले बोल्नुभएको थियो । 
कार्यक्रम बागलुङ नगरपालिका वडा नम्बर ७ का वडा सचिव हिराबहादुर केसीको अध्यक्ष हिराबहादुर केसीको अध्यक्षता र स्वास्थ्य रक्षाका लागी क्रियाशिल आयुर्वेद समाजका सदस्य शशिधर उपाध्यायको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।आयुर्वेद तालिम सम्पन्न
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment