दुई सभाषद गाउं अभियानमा व्यस्त

बागलुङ, जेठ २३ । नेपाली कांग्रेसको आयोजनामा जिल्लाका विभिन्न गाविसमा कार्यकर्ता भेटघाट तथा मतदातालाई धन्यवाद ज्ञापन कार्यक्रम सम्पन्न भएको छ । उपनिर्वाचनमा कांग्रेसकी उमेद्वार चम्पादेवी खड्का विजयी भए सभासद खड्का सहितको टोलीले गाउँ–गाउँ पुगेर मतदातालाई धन्यवाद दिंदै जनता समस्या बुझ्न अभियान सञ्चालन गरेको जनाएको छ । पाला र भिमपोखरा गाविसका विभिन्न वडामा कोण सभा सम्पन्न भएको छ ।
पालामा आयोजित कार्यक्रममा नेपाली कांग्रेस
चम्पा खड्का

रत्ना शेरचन
का केन्द्रीय सदस्य तथा सभासद रत्ना शेरचनले मुलुकमा विपत्ति आएपनि कांग्रेसको नेतृत्वको सरकारले बिपत्तिको सामना गर्दै संविधान निर्माणलाई सहमतिबाट टुंगाउने प्रयास गरेको बताउनुभयो । सभासद शेरचनले भूकम्प पीडित नागरिकलाई राहात प्रदान गर्नको लागि संसदबाट संकल्प प्रस्ताप समेत पारित भएकोले पीडितले राहातको अनुभुती गर्ने बताउनुभयो । सो कार्यक्रममा सभासद चम्पादेवी खड्काले आफुलाई मत दिएर विजयी बनाएकोमा धन्यवाद दिंदै आगामी दिनमा जनतासँगै रहेर समस्या समाधान गर्न पहल गर्ने बताउनुभयो । जनताले दिएको जिम्मेवारीलाई सँधै सिरोपर गरेर अघि बढ्ने बताउनु भयो ।
पाला गाउँ पार्टी सभापति खड्क थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कांग्रेसका क्षेत्रीय सभापति होमबहादुर हमाल, नेपाल भूपु सैनिक संघका केन्द्रीय सदस्य हरिबहादुर भण्डारी, महाधिवेशन प्रतिनीधि हरिप्रसाद शेरचन, शिक्षक मानबहादुर थापा, रिता थापा, डम्बरबहादुर भण्डारी दलित संघका जिल्ला सदस्य गोरे विकले बोल्नु भएको थियो । गणेश नेपालीले सञ्चालन गरेको कार्यक्रममा स्वागत लक्ष्मण थापाले गर्नु भएको थियो । 
त्यसैगरी तितौरेमा पनि कोण सभा सम्पन्न भएको छ । प्रेमबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सभासदद्वय रत्ना शेरचन, चम्पा खड्का, इलाका पूर्व  सदस्य धनबहादुर कार्की, मानबहादुर कार्की, टोपबहादुर भण्डारी लगायतले बोल्नु भएको थियो ।
त्यसैगरी, भिमपोखरा गाविसमा पनि कोणसभा सम्पन्न भएको छ । सो कार्यक्रममा सभासदद्वय शेरचन र खड्का, नेपाली कांग्रेसका क्षेत्रीय सभापति होमबहादुर हमाल, प्रेस युनियनका केन्द्रीय सदस्य दिलीप पौडेल, नेविसंघका अध्यक्ष खड्क थापा मगर, नेविसंघ गाउँ अध्यक्ष गंगा थापा, भुमिश्वर रेग्मी लगायतले बोल्नु भएको थियो । नेपाली कांग्रेस भिमपोखराका सभापति सम्मरबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत नरबहादुर थापा र सञ्चालन कृष्णप्रसाद शर्माले गर्नु भएको थियो ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment