स्वास्थ्य संस्थालाई २४ लाखका औजार

बागलुङ/स्वास्थ्य क्षेत्रमा काम गरिरहेको ‘वन हर्ट वल्र्ड वाइड’ ले बागलुङ जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा सञ्चालित प्रसूति गृह (बर्थिङ सेन्टर)का लागि करिब २४ लाख बराबरको औजार उपकरण प्रदान गरेको छ ।
सुरक्षित मातृत्व र शिशु स्याहारका क्षेत्रमा जिल्ला स्वास्थ्य कार्यालयस“गको समन्वयमा काम गरिरहेको वाइडले सुरक्षित प्रसुति गृह निर्माण र विभिन्न औजार उपकरणका साथै अन्य आर्थिक सहयोग गर्दै आएको र बर्थिङ सेन्टर सञ्चालनका लागि चाहिने सबै प्रकारका उपकरण र सामाग्री प्रदान गरको हो । वन हर्टका कार्यक्रम निर्देशक सुर्य भट्टले जिल्ला स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक महेश्वर श्रेष्ठलाई मंगलवार उक्त उपकरण हस्तान्तरण गर्नुभएको थियो । नया“ प्रसूती गृह सञ्चालनको तयारीमा रहेका अधिकारीचौर, तारा, बिहु“, देविस्थान, दुदिलाभाटी, बोङ्गादोभान, जलजला र दगातुम्डा“डा स्वास्थ्यचौकीका लागि उक्त उपकरणहरु उपलब्ध गराईएको निर्देशक भट्टले जानकारी दिनुभयो ।
उपकरणसहित विद्युत नहु“दा वैकल्पिक प्रयोगका लागि सबै गृहमा सोलार प्रणाली पनि प्रदान गरिएको वन हर्टले जनाएको छ । अत्याधुनिक प्रसूति बेड, टेबल, हिटर, बत्ती, बच्चाको तौल लिने यन्त्र लगायत ३४ प्रकारका उपकरणहरु रहेको निर्देशक भट्टले बताउनुभयो । प्रसूतीगृह निर्माणका क्रममा पनि वन हर्टले कुल लागतको ७० प्रतिशत आर्थिक सहयोग दिने गरेको छ । हाल आठ स्वास्थ्य संस्थामा उक्त औजार उपकरणहरु सहयोग गरेको र अन्यमा पनि आवश्यकता अनुसार सहयोग गदै जाने वन हर्टले जनाएको छ ।
कार्यक्रम र सहयोग सबै जिल्ला स्वास्थ्य कार्यालयमार्फत् सञ्चालन हुने गरेको बताइएको छ । ग्रामिण क्षेत्रमै गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्यका साथ प्रसूती गृहहरुलाई सुविधासम्पन्न गराउन लागिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । सुरक्षित मातृत्व र शिशु स्याहारको क्षेत्रमा बागलुङ जिल्लाले निकै प्रगती गर्दै गएको वरिष्ठ जनस्वास्थ्य प्रशासक महेश्वर श्रेष्ठले बताउनुभयो ।
स्वास्थ्य संस्थामा हुने प्रसूती दरलाई बढाउन सबै स्वास्थ्य चौकीमा प्रसूती गृह सञ्चालनको योजना रहेको प्रशासक श्रेष्ठले जानकारी दिनुभयो । प्रसूति गृहमा दुई जना तालिम प्राप्त अनमी राख्ने व्यवस्था जिल्ला स्वास्थ्य कार्यालयले गरेको छ । हालसम्म जिल्लामा रहेका ३५ वटा स्वास्थ्यकेन्द्रमा प्रसूति गृह सञ्चालनमा आइसकेको प्रशासक श्रेष्ठले जानकारी दिनुभयो ।
गाउ“मै प्रसूती सेवा सुरु भएपछि गर्भवती महिलालाई ठूलो राहात मिलेको दुदिलाभाटी स्वास्थ्य चौकीका इन्चार्ज याममाया रानाले बताउनुभयो । उहा“ले स्वास्थ्यचौकीमा रहेको प्रसूति केन्द्रबाट वर्षमा ६० जना महिलालाई प्रसूती गराउने लक्ष्य लिइएको उल्लेख गर्नुभयो । जिल्लामा हटिया स्वास्थ्यचौकीले सबैभन्दा बढी वर्षमा करिव दुई सय प्रसूती गराउने गरेको छ ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment