भूकम्पको पीडा बिर्साउन ‘साहारा’ ल्याउँदै कलाकार

काठमाडौँ  : वैशाख १२ गतेको भूकम्पको सम्झनामा नयाँ म्युजिक भिडियोको तयारीमा युवा कलाकार सक्रिय भएका छन् ।भूकम्पमा ज्यान गुमाएकालाई श्रद्धाञ्जली र घाइतेको स्वास्थ्य लाभको कामना गर्दै म्युजिक भिडियोको सुटिङ अन्तिम चरणमा पुगेको छ ।
म्युजिक भिडियोमा आधुनिक मेलोडी पप तथा देशभक्त गीतमा स्वर दिइसकेका गायक बीपी वाग्लेले संगीत भरेका छन् । गीतमा वाग्लेको साथमा सुमन गुरुङको स्वर सुन्न पाइने छ । ‘बनौ साहारा’ बोलको म्युजिक भिडियोको छायाँकन काठमाडौँ र ललितपुरका धार्मिक, एतिहासिक र पर्यटकिय स्थलमा गरिएको छ ।
गीतमा प्रभाकर पण्डितका शब्द सजिएका छन् भने एरेञ्ज रिकेश गुरुङले गरेका छन् । म्युजिक भिडियोमा दृश्य सुवेदी,  ह्यारी योञ्जन, विकास लामिछाने, रुद्र बोहरा, दीपक राई सँगै बालकलाकार एल्भिन लामिछाने र कृष्मा बरालको अभिनय समेटिएको छ ।
म्युजिक भिडियोमा अतिथि कलाकारका रुपमा डा. भोला रिजाललाई समेत देख्न सकिने छ । गोर्खा चौतारी म्युजिक प्रालिले बजारमा ल्याउन लागेको म्युजिक भिडियो निर्देशन युगल पोमोले गरेका हुन् ।  ज्ञानेन्द्र शर्माले छायाँकन गरेको भिडियो एक सता भित्रमा बजारमा आउने छ । राष्टिय विपत्तिमा पेशाप्रतिको इमान्दारिताका लागि भूकम्प सम्बन्धी म्युजिक भिडियोको तयारी गरेको गायक वाग्लेले बताए ।
साभार:-Nayapage.com
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment