नेकपा एमाले बागलुङले आफ्नै भवन निर्माण गर्ने

 सुवास गौतम/ 
बागलुङ, असार १५ । नेकपा एमाले बागलुङले नेपाल कम्प्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको स्मृतिमा पुष्पलाल स्मृती प्रतिष्ठान कार्यालय भवनको निर्माण कार्य सुरु गरेको छ । एमालेका तत्कालिन महासचिव मदन भण्डारीको ६४ औं जन्मजयन्तीको अवसरमा पूर्व उर्जाराज्यमन्त्री तथा पुर्व सभाषद रामजीप्रसाद शर्माले बानपा– ४ स्थित भवनको शिलन्यास गर्नुभएको हो । 

पुष्पलाल स्मृति प्रतिष्ठान बागलुङको सक्रियतामा सुरुभएको भवन निर्माणको लागि २ करोड १९ लाख रुपैयाँ लागत स्टिमिट तयार गरिएको छ । भवन साढे तीन तलाको डिजाईन गरिएको छ । भवन भुकम्प प्रतिरोधात्मक हुने बताइएको छ । भवनको सम्पूर्ण काम चालु वर्ष भित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । 

निर्माण कार्यको लागि हालसम्म नागरिक तथा पर्यटन उड्यान मन्त्रालयबाट ५ लाख, जिल्ला विकास समितिबाट एक लाख, सहरी तथा भवन डिभिजन कार्यालयबाट १ लाख, संसाद क्षेत्र विकास कोष नरबहादुर थापाको पहलमा २ लाख ५० हजार रुपैयाँ गरी ९ लाख ५० हजार रकम जम्मा भएको छ । 
भीमापोखरा– ९ का विद्यापती शर्मा, प्रेम शर्मा, चन्द्रदक्त गौतम, बानपा– ४ का बिदुर शर्मा र भकिम्ली म्याग्दीका खडक रोकाले ६ आना क्षेत्रफलको जग्गा नि:शुल्क उपलब्ध गराउनुभएको छ । उक्त जग्गामा एमाले पार्टीले दुई आना थप गरी ८ आना क्षेत्रफलमा भवन निर्माण हुने छ ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment