रानीखेतबाट बच्न पशुपंक्षीलाई मास भ्याक्सिन लगाऔं

रबिना बोहरा, 
बागलुङ, जेठ २५ । जिल्ला पशु सेवा कार्यालय बागलुङले कुखुरा, परेवा तथा हाँसमा लाग्ने रानीखेत रोगलाई नियन्त्रण गर्नका लागि मास भ्याक्सिनेसन लगाउन आग्रह गरेको छ । कार्यालयले आईतबार रानीखेत रोग नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना गरी रानीखेत रोग लागेमा कुखुरा धेरै मर्ने हुँदा मास भ्याक्सिनेसन लगाउनुपर्ने बताएको हो । कार्यक्रममा प्रशिक्षण दिदै कार्यालयका बरिष्ठ पशु विकास अधिकृत डा. गोपाल गिरीले नेपालमा रहेका कुल पंक्षीहरु मध्य ५५ प्रतिशत स्थानीय कुखुरा रहेको भन्दै रानीखेत रोग लाग्दा कुखुरापालक किसानहरु मर्का पर्ने गरेको बताउनुभयो ।
फाइल फोटो
बागलुङ जिल्लामा १० हजार कुखुरालाई मास भ्याक्सिनेसनको खोप लगाईसकिएको छ ।
कार्यालयका अनुसार भ्याक्सिनेसन कार्यक्रम दोस्रो र तेस्रो चौमासिकमा सम्पन्न गर्नुपर्ने हुँदा कुखुरापालक कृषकहरुले कुखुरालाई खोप लगाइदिन आग्रह गर्नुभयो । कुखुरालाई करिब एक हप्ता पहिले जुकाको औषधी खुवाएपछि खोप लगाउनुपर्ने गिरीले बताउनुभयो ।
बागलुङ जिल्ला स्थित धम्जा गाविस, कुश्मिसेरा, हरिचौर, कांडेबास, बुर्तिबाङ र नारायणस्थान गाविसमा खोप सञ्चालन गरिएको छ । जिल्लामा स्थानीय जातका २२ हजार ८ सय २० कुखुरा, १ हजार ५ सय ६० हास र १ हजार ३ सय ५० परेवा रहेका छन् । यस्तै कार्यालयमा ८९ हजारको वार्षीक कार्यक्रम रहेको जिल्ला पशु सेवा कार्यालय बागलुङले जनाएको छ । कार्यक्रममा व्यवसायी सुरथबहादुर सुवदीले बोल्नुभएको थियो । कार्यक्रम बरिष्ठ पशु चिकित्सक डा.गोपाल गिरीको अध्यक्षता, पशु स्वास्थ्य प्राविधीक शसिधर शर्माको स्वागत र बालकृष्ण शर्मा सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो । 
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment