अमृत आदर्शमा जुरेस गठन

बागलुङ/नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा बागलुङ अन्तर्गतको युवा जुनियर रेडक्रस सर्कल बुधबार अमृत आदर्श उमाविमा गठन भएको छ । कार्यक्रमले अनुप आचार्यको अध्यक्षतामा ११ सदस्यिय जुनियर रेडक्रस सर्कल गठन गरेको हो । सर्कलको उपाध्यक्षमा ससी पुन, सचिवमा सिजन सापकोटा, सहसचिवमा सदीक्षा पन्त, कोषाध्यक्षमा रक्षा शर्मा, उपकोषाध्यक्षमा विपिन न्यौपाने सर्वसम्मत चयन हुनुभएको छ ।
सर्कलको सदस्यहरुमा पुजा क“डेल, गणेश आचार्य, विनिसा क“डेल, प्रकृति गौतम र रिनु सापकोटा रहनुभएको छ । यस्तै शिक्षक नायकमा युनिस मिया र सहायक शिक्षक नायकमा लक्ष्मी खड्का चयन हुनुभएको छ ।
      कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बागलुङका सभापती जब्बरबहादुर लामिछाने, उप–सभपति राजेन्द्र आचार्य, जिल्ला सदस्य तथा नेपाल पत्रकार महासंघ जिल्ला शाखा बागलुङका निवर्तमान अध्यक्ष रामबहादुर जिसी, नवनिर्वाचित अध्यक्ष अनुप आचार्य, शिक्षक भक्तिराम न्यौपाने, विद्यार्थी सिजन सापकोटा लगायतले मन्तव्य राख्नुभएको थियो । विद्यालयका प्रिन्सिपल महेशचन्द्र प्रधानको अध्यक्षता, शिक्षक दीर्घबहादुर हमालको स्वागत र रेडक्रसका उपकोषाध्यक्ष जिवननाथ शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment