टी-२० विश्वकप छनोटका लागि नेपाली टोलीको घोषणा

काठमाडौं, जेठ २७ । आसन्न टी-२० विश्वकप छनोटका लागि पारस खड्काको कप्तानीमा नेपाली टोलीको घोषणा भएको छ । १५ सदस्यीय टोलीमा सिद्धान्त लोहनी नयाँ अनुहारका रुपमा आएका छन् । अनिल मण्डल, जितेन्द्र मुखिया र प्रदिप ऐरी पनि टोेलीमा परेका छन् ।
टोलीका अन्य सदस्यहरुमा शरद भेसवाकर, बसन्त रेग्मी, सोमपाल कामी, करण केसी, सुवास खकुुरेल, ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, सागर पुन, विनोद भण्डारी र राजेश पुलामी मगर छन् । पृथु बास्कोटा, मेहबुब अलम, भुवन कार्की र अभिनाश कर्ण भने बैकल्पिक खेलाडीमा परेका छन् । २२ सदस्यी प्रारम्भिक टोलीमा परेका महेश क्षेत्री, हरिशंकर शाह र सौरभ खनाल भने टीममा पर्न सकेनन्।
टी-२० विश्वकप छनोटमा नेपाल समूह एमा परेको छ । समूहमा आयरल्याण्ड, हङकङ, पपुवा न्यूगिनी, नामिबिया, अमेरिका र जर्सी छन् । नेपालले आफ्नो पहिलो खेलमा जुलाइ १० मा अमेरिकाको सामना गर्नेछ ।
विनोद दास बलिङ कोच
विश्वकप छनोटमा बलिङ कोचमा पूर्व कप्तान विनोद दास रहनेछन् । उनले गत चैतमा मात्र औपचारिक रपमा खेलाडी जीवनबाट सन्यासको घोषणा गरेका थिए । नेपाली टोलीको ब्याटिङ कोचमा भारतकी मोन्टी देशाई र फिजियोमा भारतका ऐजाज असई रहेको क्यानले जनाएको छ । नेपाली टिम लिडरका रुपमा नेपाल क्रिकेट संघका कार्यवाहक अध्यक्ष दीपक कोइराला पनि आयरल्याण्ड जाने भएका छन् । टिम म्यानेजरमा क्यानका प्रमुख कार्यसंचालन अधिकृत छुम्बी लामा रहने छन् ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment