केबुलकार आइतबार ९ बजेबाट खुल्ने

गोरखा, जेठ २३ । मनकामना केबुलकार आगामी आइतबारबाट खुल्ने निश्चित भएको छ । वैशाख १२ गते आएको भूकम्पपछि केही दिन संचालनमा आएको केबुलकार पुन २९ गते आएको भूकम्पका कारण बन्द गर्नु परेको थियो ।  भूकम्पले केबुलकारमा भने कुनै समस्या भएको छैन् । जेठ २४ गते आइतबार ९ बजेदेखि केबुलकार खुल्ने छ । मनकामना मन्दिरमा पनि आइतबार नै पुजा शुरु गरिने भएको छ ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment