क्षेत्रीय ब्याडमिन्टन महोत्सवको उपाधी कास्की र बागलुङलाई

बागलुङ, असार । बागलुङमा शुरु भएको दोस्रो पश्चिमाञ्चल क्षेत्रीय व्याडमिन्टन महोत्सवको उपाधी बागलुङ र कास्कीले हात पारेका छन् । पश्चिमाञ्चलका ९ जिल्लाका खेलाडीको सहभागिता रहेको उक्त महोत्सवमा मेन्स डबल, मेन्स सिंगल र भेट्रान्स अन्तरगतका खेलहरु मध्य दुई उपाधी कास्की र एक उपाधी बागलुङले हात पारेको थियो । 
प्रतियोगितामा मेन्स डवलतर्फ कास्कीका शम्भु श्रेष्ठ र बिशाल खड्काको जोडीले बागलुङका राजिन खड्का र विवके जिसीको जोडीलाई पराजित गर्दै प्रथम भएका थिए । उक्त प्रतियोगितामा कास्कीका भुगोल गुरुङ र विशाल बस्नेतको समूह र कास्कीकै नरबहादुर गुरुङ र विशाल हिराचनको समूह तेस्रो भएका थिए । यस्तै मेन्स सि·लतर्फ कास्कीका भुगोल गुरुङले कास्कीकै विशाल खड्कालाई पराजित गर्दै प्रथम भएका थिए । उक्त प्रतियोगितामा बुर्तिवाङ बागलुङका दिलेन्द्र पुन र रुपन्देहीका गणेश रायमाझी तेस्रो भएका थिए । 



भेट्रान्स डवलतर्फ बागलुङका निर्माणकुमार श्रेष्ठ र राजेन्द्र शाक्यको जोडीले रुपन्देहीका ध्रुवविक्रम शाह र गोपाल टन्टनको जोडीलाई पराजित गरी प्रथम भएका छन् । उक्त प्रतियोगितामा कास्कीका सुरेश श्रेष्ठ र बुद्धिमान गुरुङको जोडी पर्वतका प्रेम गुरुङ र गमबहादुर गुरुङको जोडी तेस्रो भएका थिए ।

प्रतियोगितामा मेन्स डवलतर्फ बिजेता टोलीलाई नगद ३० हजार, द्वितीय हुनेलाई २० हजार र तृतीय हुनेलाई १०/१० हजार प्रदान गरिएको छ । यसैगरी भेट्रान्स र मेन्स सि·लतर्फ प्रथम द्वितीय र तृतीय क्रमश: नगद २० हजार, १० हजार र ५/५ हजार प्रदान गरिएको थियो । जिल्ला व्याडमिन्टन संघका अध्यक्ष राजिन खड्काले यस अगाडिपनि महोत्सव गरिसकिएकाले अबका दिनमा राष्ट्रिय प्रतियोगताको आयोजना गर्ने तयारी गरिएको जानकारी दिनुभयो ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment