युवक संघको टहरा निर्माण अभियान जारी

बागलुङ, जेठ ३२ । राष्ट्रिय जनमोर्चा निकट युवाहरुको संगठन अखिल नेपाल युवक संघको केन्द्रीय टोलीले बागलुङको दक्षिण क्षत्रमा घर तथा टहरा निर्माण कार्यलाई तिव्र पारेको छ । बैशाख १२ गतेको भुकम्पका कारण भत्किएका घरहरुको भग्नावसेस हटाई पुर्ननिर्माण र टहरा निर्माण कार्यलाई तिव्र पारेको हो । 

यूवक संघका केन्द्रीय अध्यक्ष तिलक थापा र जिल्ला अध्यक्ष भिमसेन बनको नेतृत्वमा रहेको टोलीले राङ्खानी गाविसको वडा नम्वर ६ मा भुकम्पका कारण भत्किएको टिका आचार्य र खिमबहादुर थापाको घर पून:निर्माण गरेको अखिल छैठौका केन्द्रीय कोषाध्यक्ष भिमलाल पोख्रेलले जानकारी दिनुभयो । 

टोलीले बागलुङको पैयुथन्थाप वडा नम्वर ९ मा रहेको बिजुवा माविको भवन भुकम्पका कारण भत्किएकाले त्यसको पुन:निर्माणका लागि आवश्यक काम थालेको बताइएको छ । भुकम्पले बिद्यालयको भवन भत्किएपछि प्रावि तहका बिद्यार्थीलाई अन्त राखेर पढाइएको बताइएको छ । १० जनाको टोली सहित स्थानीयवासीको सहयोगमा राङ्खानी, पैयू, बिनामारे लगायतका गाविसमा पुगी घर पून:निर्माण र टहरा निर्माण गर्ने जनाइएको छ ।

यसैबीच, शेभ द युथको सहयोग बैशाख १२ गतेको भुकम्प र त्यस पछिका पराकम्पनको कारण घरबार बिहीन भएको बानपा– ६ काभ्रेको एक परिवारको लागि शेभ द युथ बागलुङले सहयोग गरेको छ । भुकम्पबाट घर भत्किएपछि छिमेकीको शरणमा आश्रय लिइरहेका काभ्रेकी कोपिला केसिको परिवारलाइ घर निर्माणको लागि ८ हजार मुल्य बराबरको एक बन्डल जस्तापाता बितरण गरिएको सेभ द युथका सचिब दिपक रानाले जानकारी दिनुभयो । भुकम्पले घरबार बिहीन भएकै समयमा केसीका श्रीमान डम्बरबहादुर केसी निधन भएपछि बिपत्तिमा झन पिडा थपिएको देखेर क्लबले जस्तापाता सहयोग गरेको शेभ द युथका अध्यक्ष मनिष रायमाझीले बताउनुभयो ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment