उद्यमीको क्षेत्रमा मेड्पा कार्यक्रम सञ्चालन गरिने

धौलागिरि जागरण सम्वाददाता
बागलुङ, २ जेठ । ग्रामीण तहका लघु उद्यमीहरुलाई एकीकृत गरेर नेपाल सरकारले ‘गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम’ मेड्पा मोडल सञ्चालन गर्ने भएको छ । वैदेशिक सहयोग र गैरसरकारी संस्था मार्फत सञ्चालित मेडेप मोडललाई सरकार मातहत ल्याउनका लागि यो मोडल बनाइएको घरेलु तथा साना उद्योग विकास समितिका निर्देशक विश्वप्रेम ढकालले बताउनुभयो । 
मेड्पा मोडललाई कार्यान्वयन गर्नका लागि केन्द्रीय तहमा सरकारले ल्याएको यो मोडललाइ जिल्ला तहमा पनि घरेलु तथा साना उद्योग विकास समितिले कार्यान्वयन गर्नेछ । उक्त मोडललाइ कार्यान्वयनमा लैजान वनजन्य गैरकाष्ठ, जडिबुटी, पशुपालन, कृषि र फर्निचर लगायतका उद्योगको विकासमार्फत आर्थिक समृद्धिको लागि पा“चवर्षे योजना निर्माण समेत गरिएको छ । 
सम्भावित सबै उद्योगको लागत र कच्चा पदार्थ सहित बजारको समेत खोजी गरेर योजना बनाइएको हो । संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम युएनडिपीले लघुउद्यम विकास कार्यक्रम मार्फत संचालन गर्दै आएको उद्यमी प्रवद्र्धन अभियानलाइ सरकारी कार्यक्रममा समावेश गर्न योजना बनाइएको ढकालले बताउनुभयो ।
‘सबै उत्पादनलाइ बजारमुखी बनाउने योजना छ’ ढकालले भन्नुभयो– ‘दलित, जनजाती, विपन्न र युवा लक्षित कार्यक्रम सञ्चालन गरी रोजगार बढाउने सरकारी लक्ष यो अभियानले पुरा गर्छ ।’ योजना आगामी आर्थिक वर्ष २०७४÷७५ सम्म पुरा गर्नका लागि सरकारले ४ अर्ग २६ करोड रुपैया“ रकम विनियोजन गरेको छ । जसअनुसार हाल ३८ जिल्लामा रहेको मेडेप कार्यक्रम ७५ वटै जिल्लामा मेड्पा कार्यक्रमको रुपमा लागू हुनेछ । 
उक्त कार्यक्रमबाट ५ वर्षमा ७३ हजार उद्यमी उत्पादन हुने, २९ हजार उद्यमीको स्तरउन्नती हुने र ५ सय ४६ वटा देशभरमा साझा सुविधा केन्द्र समेत निर्माण हुनेछन् । अहिले बागलुङमा जिल्लामा अल्लो धागो, ढाका, सिस्नो पाउडर, हर्बल साबुन, बुटिक, माहुरी पालन, तरकारीखेती तथा भा“ग्रो बनाउने लगायतका घरेलु उद्योगमा एक हजार एकसय ३८ जना उद्यमी क्रियाशिल छन् । जिल्ला लघुउद्यमी समूह संघमार्फत व्यवसाय प्रवद्र्धन र बजार बिस्तारको काम भएकोमा अव भने संघ सहित कार्यालयले पनि कार्यक्रम गर्नेछ । 
समितिमा जिल्ला भित्र ९ सय ६३ घरेलु उद्योग सञ्चालनमा आइरहेको तथ्यांक छ । केही भने अझै दर्ता नभइ सञ्चालनमा रहेका छन् । विहिवार आयोजित मेड्पा सञ्चालन निर्देशिका रणनीतिक योजना र लघुउद्यम कार्यक्रम चौथो चरणको अवधारणात्मक बिषयक अभिमूखिकरण कार्यक्रममा मेडेपकी सरकार सहयोग विशेषज्ञ करुणा पुलामी र बजार विकास विशेषज्ञ रजनी थापाले मेडेप मोडलको सफलता र सरकारले गर्न चाहेको कार्यक्रम बारेमा प्रष्ट पारेका थिए । स्थानीय विकास अधिकारी भरत गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्लाका राजनीतिक दल, सरोकारवाला कार्यालय र गैर सरकारी संस्थाका प्रतिनिधि सहभागि थिए ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment